स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
भरतपुर । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाखको अक्षय कोष स्थापना गरिएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार ०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिनाथबाट गौ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।
अक्षय कोषका लागि ११ हजार एक सयको आजीवन सदस्य र एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । ०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाखभन्दा बढी संकलन भएको उनले बताए ।
गौ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।
क्याटेगोरी : पालिका समाचार, महानगर, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
- कटुवा पेस्तोल र गोली बरामद
- दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
- नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा सुनचाँदी पसलका सञ्चालक पक्राउ
- इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
- ‘एनआरएनमा देखापरेको सबैखाले समस्याको हल कानुनबमोजिम नै खोज्ने’
- समसामयिक राजनीतिक व्यङ्ग्य
- वैदेशिक लगानी भित्र्याउन सहज बन्दै स्वचालित मार्ग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया