Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरी महानिरीक्षकमा थापा

प्रहरी महानिरीक्षकमा थापा


काठमाडौँ, असार २४
मुलुकको २८औँ प्रहरी महानिरीक्षक (आर्ईजी)मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । आज बुधबार रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले मंगलबारको मन्त्रिपरिषद्ले थापालाई आईजीमा बढुवा गरेको हो । हाल उनी प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको रुपमा कार्यरत छन् ।

भक्तपुरको कटुञ्जे (हालको सूर्यविनायक नगरपालिका) मा जन्मिएका थापा अब्बल प्रहरी अधिकृत मानिन्छन् । वि.सं. २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए । अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै थिए । वि.सं. २०७५ असोजमा डीआईजी भएका थापा गत साल चैत ९ गते एआईजीमा बढुवा भएका थिए ।

उनीसँगै अर्का एआईजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा थिए । एआईजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै बुधबार रातिदेखि अनिवार्य अवकाश लिँदै छन् । गत माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा भएका ज्ञवाली पाँच महिना मात्रै आईजीपीको कार्यकालको रुपमा काम गरे । थापाको कार्यकाल भने आगामी वि.सं. २०७९ वैशाखसम्म रहनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x