हवाई भाडामा कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौं । हवाई भाडामा कालोबजारी भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ । नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरूले अत्यन्त महँगो दरमा विदेश जाने हवाई टिकट खरिद गर्नुपरेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै संघले हवाई कम्पनीहरूले दिनदिनै भाडा वृद्धि गरिरहेकाले सरकारले तुरुन्तै त्यसविरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेको छ ।
नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा दैनिकरूपमा औसत एक हजार पाँच सय कामदार वैदेशिक रोजगारमा गइरहेका छन् । नियमितरूपमा एयरलाइन्सहरूको व्यापार वृद्धि भएको पनि केही सीमित एयरलाइन्सहरूको मिलेमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी भइरहेको संघको आरोप छ ।
अस्वाभाविकरूपमा मूल्यवृद्धि गरेर टिकटमा सिन्डिकेट खडा गरिएको ज्ञापनपत्रमा उल्लेख छ । व्यवसायीहरूका अनुसार पर्यटक आउने मुख्य समयमा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नतिको बहानामा दैनिक १० घण्टा बन्द गरिएको कारण देखाउँदै हवाई कम्पनीहरूले भाडा बढाएका छन् । ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पुर्याएका छन् ।
यसरी टिकटदर दोब्बर मूल्यको टिकटमा कामदार विदेश जान बाध्य भएकाले कालोबजारीलाई रोकेर सस्तो र सुलभ एवम् नियमित दरकै मूल्यमा टिकट पाउने वातावरण बनाउन संघले माग गरेको छ । सस्तो दरमा कामदार जान पाउने व्यवस्था नगरिए श्रमिकहरू वैदेशिक रोजगारीमा जान नपाउने भएकाले वैदेशिक रोजगारीको अवसर समेत गुम्ने संघको दाबी छ । यसले विदेशी मुद्राको सञ्चितिका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
नेपालजस्तै मलेसिया र खाडीका राष्ट्रहरूमा कामदार पठाउने भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान इन्डोनेसियालगायत सार्क राष्ट्र देशहरूबाट कामदार पठाउँदा यति धेरै हवाई भाडा नभएको जानकारी समेत ज्ञापनपत्रमा दिइएको छ ।
भारतको दिल्लीबाट दुबईको २६ हजार छ सय २३ देखि ३० हजार चार सय ९४ रुपैयाँसम्म र बगंलादेशबाट दुबईको २३ हजार तीन सय २९ देखि २६ हजार २१४ रुपैयाँ बराबर भएको समेत जानकारी गराउँदै नेपालमा मात्र हवाई मफियाले कृत्रिम अभाव खडा गरेको आरोप व्यवसायीहरूको छ ।
‘तसर्थ वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थलबाट कामदार पठाउन हवाई जहाजको टिकट अत्याधिक महँगो भएका कारणले श्रम स्वीकृति लिई भिसा प्राप्त भइसकेका कामदारको हकमा नो अब्जेक्सट लेटर लिएर छिमेकी राष्ट्र भारतको विमानस्थल प्रयोग गरी कामदार पठाउने व्यवस्था मिलाउन माननीय मन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया