अठार करोड लागतमा अस्पताल निर्माण गरिंदै
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा १८ करोड लागतमा आधारभूत अस्पताल निर्माण थालिएको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न १८ करोड बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो ।
सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा आधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता थियो । यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उनले बताए ।
आधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए । अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उनको भनाइ छ ।
सरावल–५ का स्थानीयले दुई बिघा छ कठ्ठा दुई धुर जग्गा आधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताए । यहाँ आधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि सहज उपचार पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गरे ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- अठार करोड लागतमा अस्पताल निर्माण गरिंदै
- हवाई भाडामा कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण
- मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
- टिकटक आधिकारिकरूपमा नेपालमा दर्ता
- टेलिकमद्वारा कर्पोरेट ग्राहकको लागि मल्टीपल टीभी जडान गर्ने व्यवस्था सुरु
- तिहारमा ५० करोडको फूल बिक्री
- ‘हनी ट्रयाप’ प्रकरणमा एसपीको पनि शंकास्पद संलग्नता देखिएको पछि (सीआईबी)ले अनुसन्धान गर्ने
- ग्लोबल आइएमईका ग्राहकलाई यति एयरको टिकटमा क्यासब्याक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया