महाकुम्भ सन् २०२५ मा एआईको प्रयोग हुने
भारत । आगामी महाकुम्भ सन् २०२५ को तयारीमा उत्तर प्रदेश सरकारले प्रयागराज रेलवे स्टेशनहरूलाई निगरानी गर्न प्रविधिसँग सुसज्जित गरेर भक्तहरूको सुरक्षालाई प्राथमिकता दिइरहेको छ । महाकुम्भमा पहिलो पटक सीसीटीभी क्यामेरासँगै एक सय फेसियल रिकग्निसन (एफआर) क्यामेरा जडान हुन लागेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा सञ्चालित यी एफआर क्यामेराहरू संदिग्ध गतिविधिहरूको निगरानी र सम्भावित खतराहरू पहिचान गर्न अत्यधिक प्रभावकारी छन् । महाकुम्भमा करिब १० करोड मानिसले रेलबाट यात्रा गर्ने अपेक्षा गरिएको छ । यसलाई ध्यानमा राख्दै प्रयागराज रेलवे डिभिजनले विशेष सुरक्षा व्यवस्था गरेको छ ।
प्रयागराज रेलवे डिभिजनका पिआरओ अमित सिंहले भक्तजन र पर्यटकहरूका लागि सुरक्षित र सहज अनुभव सुनिश्चित गर्न व्यापक सुरक्षा उपायहरूअन्तर्गत एआई–आधारित एफआर क्यामेराहरू लगाइने बताए । यी क्यामेराहरूले एआई टेक्नोलोजी प्रयोग गरेर अनुहारहरू चिन्न सक्छन् । यसले ठूलो भीडमा पनि संदिग्धहरूलाई पहिचान गर्न अनुमति दिन्छ । यो क्षमताले संदिग्ध गतिविधिहरूलाई रोक्न र भीडको अवस्थाहरू बढ्नुअघि नियन्त्रण गर्न मद्दत गर्दछ ।
सिंहका अनुसार छ सय ५० सिसिटिभी क्यामेराबाहेक पहिलो पटक प्रयागराजको रेलवे स्टेशनहरूमा एक सय एफआर क्यामेराहरू जडान गरिनेछ । प्रयागराज सहरका सबै नौ रेलवे स्टेशनका रुट र प्लेटफर्मको अनुगमन गरिनेछ । यो काम डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । महाकुम्भ सुरु हुनुअघि जनवरीसम्ममा सबै उपकरण सञ्चालनमा ल्याइनेछ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया