हिजबुल्लाहद्वारा इजरायली विमानस्थलमा रकेट प्रहार
जेरुसेलम । हिजबुल्लाहले बुधबार मध्य र उत्तरी इजरायलमा करिब दस रकेट प्रक्षेपण गरेको र एउटा रकेट तेल अभिव नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहार गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।
बासिन्दाहरूले तेल अभिव क्षेत्रमा विस्फोटको आवाज सुनेको बताएका छन् । इजरायलको आर्थिक केन्द्र तेल अभिवसहित मध्य इजरायल, इजरायलको कब्जामा रहेको पश्चिम किनार र उत्तरी इजरायलका करिब एक सय ५० सहर र समुदायमा रकेट आक्रमणको चेतावनी दिँदै साइरन बजाइएको छ ।
इजरायली प्रहरीले बेन गुरियन एयरपोर्टमा रकेट प्रहार गरेको पुष्टि गरेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिरले विमानस्थल क्षेत्रमा रहेको खाली पार्किङ स्थलमा क्षति पुगेको देखाएको छ ।
इजरायली प्रहरीले बेन गुरियन विमानस्थलमा रकेट प्रहार भएको पुष्टि गरेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिरले विमानस्थल क्षेत्रमा खाली पार्किङ स्थलमा क्षति भएको देखाएको छ । तेल अभिवको उपनगर रानानामा अर्को रकेट पार्किङमा रहेको खाली कारमा ठोक्किएको थियो । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- क्विन्स बोरो प्रेसिडेन्टद्वारा दिपावली कार्यक्रम आयोजना
- नवनियुक्त इजरायली राजदूतको स्वागत
- डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
- निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण
- तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाखको चेक हस्तान्तरण
- ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’
- पुम्दीकोटबाट छोरेपाटनतर्फ जान लागेको बस दुर्घटना
- जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया