जर्मनीमा असमानता र गरिबीको जोखिम
बर्लिन । हालैका वर्षहरूमा सम्पत्तिमा वृद्धि भए पनि जर्मनीमा असमानता र गरिबीको जोखिममा खासै परिवर्तन नभएको बुधबार प्रकाशित प्रतिवेदनले देखाएको छ । सन् २०२१ मा जर्मनीका शीर्ष १० प्रतिशत घरपरिवारले देशको कूल सम्पत्तिको ५६ प्रतिशत ओगटेका थिए । यसले जर्मनीलाई युरोपमा सबैभन्दा असमान मुलुकहरूमा राखेको सामाजिक विज्ञान अनुसन्धान केन्द्र बर्लिन (डब्लूजेडबी) द्वारा संयुक्त रूपमा प्रकाशित २०२४ सामाजिक प्रतिवेदनमा उल्लेख छ ।
विशेषगरी पूर्वी र पश्चिम जर्मनीबीच सम्पत्ति वितरणमा असमानता उच्च छ । पूर्वी जर्मन घरपरिवारको औसत सम्पत्ति एक लाख ५० हजार नौ सय युरो रहेको छ भने पश्चिममा तीन लाख ५९ हजार आठ सय युरो रहेको प्रतिवेदनमा बताइएको छ । भनिएको छ । पछिल्लो दशकमा यसमा थोरै सुधार देखिएको छ ।
प्रतिवेदनले पूर्वी जर्मनीमा ६० देखि ७९ वर्ष उमेर समूहका चारमध्ये एक जना गरिबीको जोखिममा रहेको पनि प्रकाश पारेको छ ।
जर्मन समाचार एजेन्सी डिपिएका अनुसार डब्लुजेडबी विशेषज्ञ फिलिप वोत्श्याकले पूर्वी र पश्चिम जर्मनीबीचको निरन्तर असन्तुलन आंशिक रूपमा पूर्वमा कम ज्याला स्तरको कारणले भएको बताए । पूर्वमा कम ज्याला स्तर हुँदा सम्पत्ति सञ्चयलाई सीमित गर्दछ । यसबाहेक आंशिक रूपमा जनसंख्याको गिरावटका कारण पूर्वी जर्मनीमा सम्पत्तिको मूल्यमा कुनै वृद्धि देखिएको छैन । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जर्मनीमा असमानता र गरिबीको जोखिम
- हिजबुल्लाहद्वारा इजरायली विमानस्थलमा रकेट प्रहार
- महाकुम्भ सन् २०२५ मा एआईको प्रयोग हुने
- अठार करोड लागतमा अस्पताल निर्माण गरिंदै
- हवाई भाडामा कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण
- मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
- टिकटक आधिकारिकरूपमा नेपालमा दर्ता
- टेलिकमद्वारा कर्पोरेट ग्राहकको लागि मल्टीपल टीभी जडान गर्ने व्यवस्था सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया