Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट मुक्त हुनेको दर ४६ प्रतिशत र संक्रमण हुनेको दर ३ प्रतिशत

कोरोनाबाट मुक्त हुनेको दर ४६ प्रतिशत र संक्रमण हुनेको दर ३ प्रतिशत


काठमाडौँ, असार २४
देशको संघीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढे पनि देशभर कोरोना संक्रमण हुनेभन्दा निको हुनेको दर धेरै गुणा माथि रहेको पाइएको छ । काठमाडौं उपत्यकामा भने मंगलबारसम्म कोरोना संक्रमितको संख्या दुई सय ६७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक साताको तथ्यांक अनुसार कोरोना संक्रमण निको हुनेको दर ४६ दशमलव ३ प्रतिशत रहेको छ भने संक्रमण हुनेको दर ३ दशमलव ३ प्रतिशतमा झरेको छ । असार १७ गते संक्रमण हुनेको दर १६ दशमलव ५ प्रतिशत थियो । उक्त दिन चार हजार आठ सय ८६ जनाको परीक्षण गर्दा सात सय ४० जनामा कोरोना देखिएको थियो । मंगलबार भने छ हजार एक सय ३३ जनाको परीक्षण गर्दा दुई सय चार जनामा मात्र कोरोना संक्रमण देखिएको छ । मंगलबारसम्म कोरोना संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ ।

सरकारले पीसीआर विधिबाट परीक्षणलाई भने जारी राखेको छ । कोरोना संक्रमितको दर घटिरहेको बेला चारवटा जिल्ला भने कोरोनाबाट मुक्त भएका छन् । ७७ वटै जिल्लामा कोरोना देखिएकामा मंगलबारदेखि चारवटा जिल्लामा कोरोना भएका एक जना व्यक्ति पनि छैनन् । ती जिल्लामा यसअघि देखिए पनि अहिले निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा कोरोना देखिएकाहरु सबै निको भएका छन् । थप कसैमा पनि कोरोना देखिएको छैन । अन्य जिल्लामा भने कोरोनाका संक्रमित अझै उपचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा कोरोना निको हुनेको संख्या छ सय ८८ पुगेको छ । मंगलबारसम्म सात हजार चार सय ९९ जना संक्रमित निको भइसकेका छन् । नेपालमा ९७ प्रतिशत कोरोना संक्रमित विदेशबाट आएकामा देखिएको मन्त्रालयको दाबी छ । नेपालमा ३५ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोनाको औषधि पत्ता नलागे पनि कोरोना संक्रमितलाई देखिएको रोगअनुसार उपचार भइरहेको छ । सरकारले काठमाडौंमा धेरै भीडभाड हुने क्षेत्रमा कोरोनाको परीक्षण गर्ने तयारी गरेको छ । यद्यपि काठमाडौंमा समुदायमा कोरोना नफैलिएको मन्त्रालयको भनाइ छ ।

चार जिल्ला कोरोनाबाट मुक्त भए पनि छ जिल्लामा भने पाँच सयभन्दा बढी कोरोना संक्रमित छन् । मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम, बैतडी र बाजुरामा पाँच सयभन्दा बढी कोरोना संक्रमित छन् । ती जिल्लामा अधिकांश विदेशबाट आएका नागरिकमा कोरोना देखिएको हो ।

मंगलबार बाजुरामा ५४ जना, काठमाडौंमा १४ जना, अछाम र बैतडीमा ११/११ जना, ललितपुरमा १० जना, महोत्तरीमा नौ जना, अर्घाखाँची र धनुषामा आठ/आठ जना, डोटीमा सात जना, डडेलधुरा र मोरङमा छ/छ जना, रुकुम पश्चिम, नवलपुर, सल्यानमा पाँच/पाँच जनामा कोरोना पुष्टि भएको छ । यस्तै, सप्तरीमा चार जना, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत र सर्लाहीमा तीन/तीन जना, तनहुँ, पाल्पा र बर्दियामा दुई/दुई जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रुपन्देही, रामेछाप, कपिलवस्तु, बागलुङ, नवलपरासी र रुकुम पूर्वमा एक/एक जनामा कोरोना देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x