बढ्यो बीमा पोलिसी सरेन्डर गर्नेको संख्या
पहिलो त्रैमासमा बीमितले त्यागे तीन अर्ब ८२ करोडको बीमा पोलिसी
काठमाडौं । चालू आर्र्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा तीन अर्ब ८२ करोड ४६ लाख ६० हजार रुपैयाँबराबरको बीमा पोलिसी सरेन्डर (त्याग) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २०८१ साउन १ गतेदेखि असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले जारी गरेका बीमालेखमध्ये २८ हजार ५७ जना बीमितले आफूले किनेको बीमा पोलिसी त्याग गरेका हुन् ।
बीमामा देखिएको अस्वस्थ प्रतिस्पर्धा, जबरजस्ती बिक्री र बीमितलाई प्रलोभनमा पारी गरिने बीमाका कारण सरेन्डर गर्ने बीमितहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ । यस वर्षको पहिलो त्रैमासमा पनि बीमा पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढेको हो । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि राम्रो मानिदैन । तर पनि बीमा कम्पनीहरूले बीमा पोलिसी सरेन्डर रोक्नका लागि कुनै योजना बनाएकोे देखिँदैन ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीका दुई हजार सात सय ४२ जना बीमितले २७ करोड ४३ लाख ७१ हजार रुपैयाँबराबरको बीमा त्याग गरेका छन् । यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका एक हजार पाँच सय ५४ जना बीमितले २३ करोड ६२ लाख ९१ हजार रुपैयाँबराबरको बीमा त्याग गरेका छन् । नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीका छ हजार पाँच सय ४६ जना बीमितले एक अर्ब आठ करोड ५४ लाख ८४ हजार रुपैैयाँबराबरको बीमा त्याग गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालका सात हजार सात सय ३१ जना बीमितले एक अर्ब २२ करोड ९६ लाख ७९ हजार रुपैयाँबराबरको बीमा त्याग गरेका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीका नौ सय ९५ जना बीमितले १० करोड ६३ लाख २९ हजार रुपैयाँबराबरको बीमा त्याग गरेका छन् भने एसियन लाइफ इन्स्योरेन्स कम्पनीका दुई हजार दुई सय ७२ जना बीमितले २४ करोड ८४ लाख २२ हजार रुपैयाँबराबरको बीमा त्याग गरेका छन् ।
प्राधिकरणका अनुसार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चार सय ७० जना बीमितको पाँच करोड ११ लाख १९ हजार रुपैयाँबराबरको बीमा पोलिसी त्याग भएको छ । यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक सय ९३ जना बीमितको एक करोड ७७ लाख ११ हजार रुपैयाँ, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा चार सय ८७ जना बीमितको दुई करोड ९८ लाख ४५ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच सय ८८ जना बीमितको चार करोड ४९ लाख २७ हजार रुपैयाँको बीमा पोलिसी त्याग भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक हजार पाँच सय ७४ जना बीमितले १९ करोड ३३ लाख ७५ हजार रुपैयाँबराबरको बीमा पोलिसी त्याग गरेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पनि चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा पाँच सय ३७ जना बीमितको सात करोड ७८ लाख ६० हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका दुई हजार १४ जना बीमितले १८ करोड २३ लाख २४ हजार रुपैयाँ र प्रभु लाइफ इन्स्योरेन्सका तीन सय ८४ जना बीमितले चार करोड ६९ लाख २३ हजार रुपैयाँबराबरको बीमा पोलिसी त्याग गरेका छन् ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
- प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री
- कुँवर असोसियोको उपाध्यक्ष निर्वाचित
- दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
- हुन्डाई आयोनिक ५ ईभी अब एक सय किलोवाटमा
- काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
- समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण
- अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया