Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्लास्टिकका सामग्रीले पुर्ख्यौली पेसा संकटमा

प्लास्टिकका सामग्रीले पुर्ख्यौली पेसा संकटमा


इनरुवा (सुनसरी) । सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ ।

बिहानै हातमा खुकुरी लिएर घरबाट निस्कने भटाई छठ पर्वका बेलामा बाँसका सामग्री बनाएर वर्षभरिलाई खान र घर खर्च चलाउन रकम जुटाउने गर्छन् । यस वर्ष भने सोचेजस्तो बाँसका सामग्री बिक्री नभएको उनको गुनासो छ । भटाईले गर्त वर्ष छठका बेलामा एक सय ५० वटा कोनिया र एक सय २५ वटा ढकीया बिक्री गरेको थियो ।

यस वर्ष उनले ५० देखि एक सयसम्म कोनिया र ९० वटा ढकीया बिक्री भएको बताए । उनीजस्तै हरिनगर–२ का बिन्देश्वर मरिकले छठ पर्वका बेला बाँसका सामग्री बनाएर साहु तथा यजमानबाट लिएको ऋण तिर्ने सोचेको थियो । वर्षभरि घर खर्च जेनतेन चलाउने मरिक समुदायका अधिकांशले चाडपर्वलाई खर्च जुटाउने अवसरका रूपमा लिने गरेका छन् ।

सोचेअनुसारको बिक्री नहुँदा आम्दानी घटेको बिन्देश्वरले बताए । आधुनिकताको विकाससँगै बजारमा आएका प्लास्टिकका सामग्रीको प्रयोग बढेसँगै बाँसका सामग्री बिक्री हुन छोडेका उनको भनाइ छ । यसले गर्दा जीविकोपार्जनमा समस्या भएको गीता मरिकले बताए ।

बिहानै बाँसलाई काटनुका साथै आवश्यकताअनुसार फोड्ने, काट्ने र सामग्री निर्माण गर्ने गरिएको भन्दै बनाइएको सामग्री बिक्री नहुँदा आर्थिक अभाव सिर्जना हुने गीताको भनाइ छ । वर्षेनि छठ पर्व मनाउनको संख्या बढ्दै गए पनि बाँसका सामग्रीको कारोबारमा कमी आएको मरिक समुदायका व्यक्तिले बताएका छन् ।

अहिले बजारमा पित्तलका कोनिया, ढाकी पाउनुका साथै प्लास्टिकबाट निर्मित नाङ्ग्लोलगायत सामग्री पाउन थालेकाले बाँसका सामग्री बिक्री हुन छोडेका चन्दन मरिकले बताए । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठमा विगतका वर्षमा बाँसबाट निर्मित सामग्रीको प्रयोग बढी हुने गरेकामा पछिल्ला केही वर्षयता आधुनिक प्लास्टिकका सामग्रीको प्रयोगले परिक समुदायको पुख्र्यौली पेसा संकटमा परेको बिन्देश्वरले बताए । मरिक समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको बाँसका सामग्री मनाउने कामलाई संरक्षण गर्नुका साथै बजारीकरणमा स्थानीय तह तथा सरोकार भएका निकायले सहयोग गर्नुपर्ने मरिक समुदायका अगुवाको भनाइ छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x