Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा समितिद्वारा बीमालेख धितो राखी दिइने कर्जामा नयाँ व्यवस्था

बीमा समितिद्वारा बीमालेख धितो राखी दिइने कर्जामा नयाँ व्यवस्था


काठमाडौँ, असार २४
बीमा समितिले बीमालेख धितो राखी दिइने कर्जामा नयाँ व्यवस्था लागू गरेको छ । समितिले सञ्चालनमा रहेका सबै किसिमका बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार बीमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बीमालेखा ‘ब्याक डेट’ गर्न सक्नेछन् । तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरेको बीमालेखको हकमा ‘ब्याक डेट’ गर्न पाइनेछैन । बीमालेखअन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ मितिबाट दुुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिनेछ ।

तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरेको बीमालेखको हकमा भने बीमा प्रारम्भ मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । समितिका अनुसार हाल नेपाली बीमा क्षेत्रमा सबै किसिमका गरी ४० वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । जसमध्ये १९ वटा कम्पनीले जीवन बीमा, २० वटाले निर्जीवन बीमा र एउटाले पुुनर्बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको समितिले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x