काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक भएको बताउनुभएको छ । यका लागि नेपाली सेफ्सले महत्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।
सेफ्स एशोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपाली सेफ्सले विश्वमाझ नेपाली खाना चिनाउन खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।
“नेपाली संस्कृति, पहिचान र मौलिक खानाको विदेशसम्म प्रदर्शन गर्न नेपाली सेफ्सको भूमिको राज्यले कदर गर्नुपर्छ, सरकार यस विषयमा गम्भीर बन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले नेपाली सेफ्सको हकअधिकार र नेपाली खानाको अन्तर्राष्ट्रियस्तरसम्म प्रवर्द्धन गर्न एशोसिएसनले काम गरिरहेको बताउनुभयो । विसं २०५३ मा स्थापना भएको एशोसिएसनले ‘वर्ल्ड सेफ्स सोसाइटी’मा आबद्ध भई नेपाली खानाको विदेशसम्म प्रचारप्रसार गर्दै आएको उहाँको भनाइ थियो ।
कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्षहरु र २५ वर्ष निरन्तर सेफ्स पेसामा कार्यरत वरिष्ठ सेफ्सहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न जातजातिका खानासमेत प्रदर्शन गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
- प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री
- कुँवर असोसियोको उपाध्यक्ष निर्वाचित
- दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
- हुन्डाई आयोनिक ५ ईभी अब एक सय किलोवाटमा
- काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
- समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण
- अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया