बैंकहरूको निक्षेप ६६ खर्ब ४० अर्ब
काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले अध्यावधिक गरेको तथ्याङ्कअनुसार कात्तिक १८ गतेसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप संकलन ६६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । तिहार अघि कुल निक्षेप ६६ खर्ब ३९ अर्ब रुपैयाँ थियो ।
पछिल्लो समय लगानीको वातावरण नरहेको भन्दै उद्योगीहरूले कर्जाको माग गरेका छैनन् । सर्वसाधारणले पनि सानोतिनो व्यवसायमा लगानी गरेको अवस्था छैन । यही कारण बैंकमा निक्षेप राखेर व्याज खानेहरू बढ्दै गएका छन् । यही कारण निक्षेपको आकार बढिरहेको छ भने कर्जा विस्तार सुस्त छ । राष्ट्र बैंकका अनुसार कात्तिक १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५२ खर्ब ७६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
वाणिज्य बैंकहरूले यस अवधिसम्म ५९ खर्ब चार अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन भने ४६ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब ३६ अर्ब निक्षेप संकलन गरी छ खर्ब पाँच अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । तर अहिले जम्मा ७८ दशमलव १२ प्रतिशत मात्रै लगानी गरेका छन् । कर्जाको माग हुन छाडेपछि बैंकहरूले बुधबार राष्ट्र बैंकले एक खर्ब माग्दा झण्डै दोब्बर पैसा राख्न निवेदन दिएका थिए ।
सरकारले चालू आर्थिक वर्षमा छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । त्यसका लागि राष्ट्र बैंकले तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर साढे १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । तर कर्जा विस्तारको अहिलेको अवस्था हेर्दा लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल हुने सम्भावना न्यून देखिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया