Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानी कार उत्पादक निसानले कर्मचारी कटौती गर्ने

जापानी कार उत्पादक निसानले कर्मचारी कटौती गर्ने


टोकियो । जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटाएको छ भने आउनसक्ने सम्भावित ‘गम्भीर अवस्था’ सामना गर्न उपाय अपनाइएको उल्लेख गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा बिक्री घटेपछि नाफामा ९३ प्रतिशत गिरावट आएको बताएका छन् । चिनियाँ विद्युतीय गाडीका कारण निसानले विश्वभर आफ्नो बजार सुरक्षित गर्न संघर्ष गरिरहेको छ । ‘गम्भीर अवस्थाको सामना गर्दै निसानले आफ्नो प्रदर्शनलाई परिवर्तन गर्न र बजारमा परिवर्तनहरू द्रुतरूपमा अनुकूलन गर्न सक्षम अधिक लचिलो व्यवसाय सिर्जना गर्न तत्काल उपायहरू लिइरहेको छ’, कम्पनीको एक विज्ञप्तिमा भनिएको छ, ‘निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्नेछ र विश्वव्यापी कार्यबल नौ हजारले घटाउनेछ ।’

सीईओ उचिदाले ‘नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने’ बताएका छन् । कम्पनीले यसअघि एक सय ४० खर्ब येन अनुमान गरिएको तुलनामा अब एक सय २७ खर्ब येन (८० अर्ब डलर)को शुद्ध बिक्री अपेक्षा गरेको छ । निसानले बिहीबार शुद्ध नाफाको पूर्वानुमान भने जारी गरेको छैन । जवकी गत जुलाईमा १० अर्ब येनसम्म नाफा थियो । वर्षको पहिलो छ महिनामा शुद्ध नाफा १९ अर्ब २० करोड अर्ब येन मात्र थियो ।

‘लागत दृष्टिकोणबाट र ब्राण्ड शक्तिको दृष्टिकोणबाट हामी अमेरिकामा हाम्रो ब्रान्डको पुनर्निर्माण गर्नेछौँ’, सीईओ उचिदाले भने । अन्य उपायमा कार कम्पनीले मित्सुबिशी मोटर्समा आफ्नो हिस्सा घटाएर कम्पनीलाई बिक्री गर्नेछ । यसले मित्सुबिशीमा यसको हिस्सेदारी हालको ३४ प्रतिशतबाट करिब २४ प्रतिशतमा झर्ने बताएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x