भारतीय सेयरबजारमा गिरावट
नयाँदिल्ली । बिहीबार भारतीय सेयरबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डलर केही मजबुत भएको छ भने अमेरिकी सेयरबजार बढेको छ । यही कारण विदेशी लगानीकर्ताहरु भारतीय सेयरबजारबाट बाहिरिँदै अमेरिकी कम्पनीहरुको सेयर खरिद गर्न पुगेका छन् । जसको असरले बिहीबार भारतीय सेयरबजारमा गिरावट देखियो ।
बम्बे स्टक एक्सचेन्जमा परिसूचक सेन्सेक्स आठ सय ३६ अङ्कले घटेर ७९ हजार पाँच सय ४१ विन्दुमा झरेको छ । अर्को सूचक निफ्टी पनि दुई सय ८४ अङ्कले भटेर २४ हजार एक सय ९९ विन्दुमा झरेको छ ।
सेन्सेक्सका ३० मध्ये २९ वटाको सेयरमूल्य घटेको छ भने एउटाको बढेको छ । यस्तै निफ्टीका ५० स्टकमध्ये ४६ वटाको मूल्य घटेको छ भने चारवटा बढेको छ । एनएसईका सबै क्षेत्री परिसूचकहरु घटेर बन्द भएका छन् । धातु क्षेत्रको सूचक सबैभन्दा धेरै दुई दशमलव ७३ प्रतिशत घटेको छ ।
एसियाको सेयरबजारमा जापानको निक्केई शून्य दशमलव २५ प्रतिशतले घटेको छ । यस्तै कोरियाको कोस्पी शून्य दशमलव शून्य ४४ प्रतिशत बढेको छ भने चीनको सांघाई कम्पोजिट दुई दशमलव ५७ प्रतिशत बढेर बन्द भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया