Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै

काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै


काठमाडौं । देशका सातै प्रदेशका डिजिटल स्टार्टअपहरूको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट हुने भएको छ।

लिभिङ विथ आईसीटीले आयोजना गर्ने यस प्रदर्शनीमा सयभन्दा बढी स्टार्टअप र इन्नोभेसनहरूको प्रदर्शनी रहनेछ । आईसीटी अवार्ड–२०२४ को प्रि–इभेन्टको रूपमा कात्तिक २९ र ३० गते काठमाडौंको बत्तीसपुतलीमा यो कार्यक्रम गर्न लागिएको हो ।

द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियर्स भ्लग्सको सहकार्य रहेको यस फेस्टमा प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरू प्रदर्शन गर्नेछन् । यसैगरी आयोजकले सातै प्रदेशबाट छनोट गरेका ३० वटा स्टार्टअपहरू पनि सहभागी हुनेछन् ।

स्टिम क्याम्प, रकेट साइन्स, गेमहरू, रोबोट प्रतियोगता कार्यक्रमका विशेष आकर्षण रहेका छन् । नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवद्र्धन गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए।

स्टार्टअप एन्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवद्र्धन गर्न आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रममार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने संस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरूलाई सहकार्यका लागि आयोजकले आह्वान गरेको छ । आइडिया र प्रोडक्टमा लगानी गर्न इच्छुक भिसीहरूको लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आईसीटीले जानकारी दिएको छ ।

प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको रूपमा स्थापित आईसीटी अवार्डको प्रि–इभेन्टको रूपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठूलो स्टार्टअप प्रवद्र्धनात्मक कार्यक्रमको रूपमा स्थापित भएको छ । यस कार्यक्रममा प्रदर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । विभिन्न विद्यालय र कलेजहरूबाट अवलोकनका लागि आउने विद्यार्थीहरूको लागि थप सहजीकरण गरिने आयोजकले जानकारी दिएको छ ।

दुई दिने प्रदर्शनीसँगै काठमाडौंबाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरूलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरू सञ्चालन हुनेछ । किड्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआईटी कलेजको सहकार्यमा मेन्टरिङ सैसन, सेडर गेट र एफवान सफ्टसँगको सहकार्यमा इन्डस्ट्री भिजिटका विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् । यी सबै कार्यक्रममा सहभागिताको लागि स्टार्टअपहरूले कुनै शुल्क तिर्नुपर्दैन । सातै प्रदेशका स्टार्टअपहरूबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आईसीटी अवार्डको ग्रान्ड फिनालेमा सम्मान पनि गरिनेछ ।

आईसीटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रक्रिया सञ्चालनमा छ । विभिन्न चरणको छनौटपश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरूले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न सक्नेछन् । अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन् । आईसीटी अवार्डका विभिन्न अन्य १० विधामा दोस्रो चरणको छनौट प्रक्रिया जारी छ । छनौट प्रक्रियाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।

नेपालबाहिरका स्टार्टअपहरूको लागि साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको नवौँ संस्करण पुस ५ गते आयोजना हुनेछ । स्टार्टअप एन्ड आइडिया फेस्टसँगै अवार्डको लागि दर्जनों प्रि–इभेन्टहरू सञ्चालन हुनेछैन । कान्तिपुर टेलिभिजनले दुई महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमको रूपमा टेलिभिजन सिरिजहरू प्रसारण गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x