चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
काठमाडौं ।डोनल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पद सम्हाल्दै गर्दा चीनले उसको खस्कँदो अर्थतन्त्र सुधारका निम्ति नयाँ उपाय अवलम्बन गर्ने ठानिएको छ।ट्रम्पले अमेरिकामा आयात हुने वस्तुमा उच्च कर लगाउने वाचा गरेर चुनाव जितेका छन्। उनले चीनमा निर्मित वस्तुमा ६० प्रतिशतसम्म कर लगाउने बताएका छन्।
ट्रम्पको विजयले चीनलाई प्रविधिको केन्द्रमा रूपान्तरण गर्ने सी जिन्पिङको योजनामा बाधा पुग्ने देखिन्छ।त्यसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाउन सक्छ।कोभिड महामारीपछि आवास व्यापारमा आएको व्यापक गिरावट, बढ्दो सरकारी ऋण, उच्च बेरोजगारी र उपभोग संस्कृतिमा आएको कमीले चिनियाँ आर्थिक वृद्धिलाई सुस्त बनाइदिएको छ।
अहिले चिनियाँ विधायिकाको कार्यकारी निकाय ‘स्ट्यान्डिङ कमिटी अफ द न्याशनल पिपल्स कङ्ग्रेस’ (एनपीसी) ले आफ्नो पछिल्लो घोषणाका लागि यसअघि कहिल्यै नभएको अवस्थाहरू सामना गर्ने नीति ल्याउनु पर्ने अवस्था छ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चिनियाँ सामानमा २५ प्रतिशतसम्म कर लगाएका थिए।ट्रम्पको नीति कस्तो होला?
चीन मामिलाका विज्ञ बिल बिशप ट्रम्पका शब्दहरूमा उनको नयाँ कर योजनाका अर्थहरू लुकेको बताउँछन्।
“मलाई लाग्छ- हामीले करबारे उनले गरेका कुरामा विश्वास गर्नुपर्छ र चीनबारे कुरा गर्दा उनी आफ्नो पुरानो व्यापारिक अडानबाट पछि हटेको जस्तो देखिन्छ। उनी चीन र कोभिडका कारण सन् २०२० को चुनावमा आफूलाई निकै क्षति पुगेको ठान्छन्।”
सन् २०२१ मा ट्रम्पले ह्वाइट हाउस छोडेपछि पनि चीनप्रति वाशिङ्टनको दबाव कम भएन।
बाइडन प्रशासनले ट्रम्पकालीन कर प्रणालीलाई कायम राख्यो र केही अवस्थामा त अझ फराकिलो बनायो।
ट्रम्पको कर नीतिको पहिलो चरण चीनका लागि पीडादायी थियो भने अहिले चीन अझ नाजुक अवस्थामा रहेको छ।
चिनियाँ अर्थतन्त्रको अवस्थाअचानक लगाइएका कोभिडसम्बन्धी कडा प्रतिबन्धहरू दुई वर्षअघि हटाएपछि चिनियाँ अर्थतन्त्र महामारीपूर्वको स्तरमा फर्कनका लागि सङ्घर्ष गरिरहेको छ।
व्यापक रूपमा अपेक्षित द्रुत गतिको आर्थिक सुधार आउनुको साटो चीन निराशाजनक आर्थिक वृद्धिका समाचारहरूमा छाइरह्यो।
ट्रम्पको चुनावी विजयअघि र चीनले गत सेप्टेम्बर महिनामा आफ्नो अर्थतन्त्रको सुधारका लागि विभिन्न उपायहरू सुरु गरेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले उक्त देशको वार्षिक आर्थिक वृद्धिको लक्ष्य घटाएको थियो।
आईएमएफले सन् २०२४ मा चीनको अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार हुने अपेक्षा गरेको छ। त्यो भनेको बेइजिङले राखेको करिब ५ प्रतिशतको लक्ष्यभन्दा कम हो।
आगामी वर्ष चीनको वार्षिक वृद्धिदर थप घट्ने र त्यो ४.५ प्रतिशतमा झर्ने आईएमएफको प्रक्षेपण छ।
उक्त देशका नेताहरूले दशकौँसम्मको व्यापक आर्थिक वृद्धिको अनुभव गरेका थिए र यस्तो अवस्थाको सामना गरेका थिएनन्।
सन् २०१७ मा बोल्दै राष्ट्रपति सीले आफ्नो देशले “द्रुत आर्थिक वृद्धिका माध्यमबाट उच्च गुणस्तरको विकासको चरणमा प्रवेश गर्ने सङ्क्रमणकालीन योजना बनाएको” बताएका थिए।
त्यसपछि उनको त्यो भनाइलाई चिनियाँ अधिकारीहरूले उन्नत उत्पादन प्रणाली र हरित उद्योगद्वारा संचालित आर्थिक परिवर्तनको रूपमा वर्णन गर्न बारम्बार प्रयोग गर्दै आएका छन्।
तर केही अर्थशास्त्रीहरू चीन आर्थिक समस्याबाट सहजै बाहिर निस्कन नसक्ने बताउँछन्।चीनको सम्भावित सङ्कट
मोर्गन स्ट्यान्ली एशियाका पूर्व अध्यक्ष स्टीफन रोचका अनुसार सन् १९९० को दशकमा शेअर र आवास क्षेत्रमा मन्दी आएपछि जापानले भोगेको दशक लामो आर्थिक समस्याजस्तै अवस्थामा चीन फस्न सक्छ।
त्यो अवस्थाबाट बच्न चीनले “निर्यात र लगानी केन्द्रित वृद्धि”को साटो “हालसम्म उपभोक्ताले कम चासो दिइरहेका तर माग भएका” क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताए।
त्यसले दिगो वृद्धिलाई प्रोत्साहित गर्ने र चीनलाई व्यापारका निम्ति “बाह्य कारणहरू”को तनाव पनि कम पार्ने उनले बताए।
यस्तो प्रणाली अपनाएमा चीनलाई ट्रम्प सत्तामा फर्किएपछि उत्पन्न हुने खतरालाई रोक्न पनि मद्दत गर्न सक्छ।नयाँ अर्थतन्त्र पुरानै समस्या
लामो समयदेखि सस्तो सामानका लागि विश्वको कारखाना बनेको चीनले उच्च प्रविधिको निर्यातमा त्यो सफलतालाई दोहोर्याउन खोजिरहेको छ।
चीन अहिले नै सोलार प्यानलहरू, विद्युतीय सवारीसाधनहरू र लिथिअम आयोन ब्याट्रीहरूमा विश्वमै सबैभन्दा अगाडि रहेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएका अनुसार अहिले ८० प्रतिशत सोलार प्यानलहरू चीनमा उत्पादन हुन्छन्। यो विद्युतीय गाडीहरू र तिनका ब्याट्रीको पनि सबैभन्दा ठूलो निर्माता हो।
आईईएले गत वर्ष सफा ऊर्जामा चीनको लगानी विश्वको कुल लगानीको एक तिहाइ भएको बताएको थियो।
लन्डनस्थित च्याटम हाउसका सिनिअर रिसर्च फेलो डेभिड लुबिनले भने, “चीनमा उच्च प्रविधिमा आधारित उत्पादनलाई प्रोत्साहनको प्रयास गरिएको छ र यो धेरै हदसम्म सफल पनि भएको छ।”सन् २०२३ मा विद्युतीय सवारी साधन, लिथिअम आयन ब्याट्री र सोलार प्यानलको निर्यात ३० प्रतिशतले बढेर पहिलो पटक १० खर्ब युआन पुग्यो र ऊ यस्ता निर्यातकर्तामा विश्वकै पहिलो स्थानमा पुग्न सफल भयो।
निर्यातमा भएको उक्त वृद्धिले चीनको आवास क्षेत्रमा उत्पन्न मन्दीका कारण देखिएको सङ्कटलाई केही मात्रामा भरथेग गरेको छ।
पश्चिमा देशहरूले चीनको अर्थतन्त्रलाई दबाव पुर्याउने खालका नीतिलाई निरन्तरता दिएका छन्।
युरोपेली सङ्घले गत महिना मात्र चीनमा निर्मित विद्युतीय सवारीसाधनहरूलाई ४५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको छ।
चिनियाँ अर्थतन्त्रलाई धक्का पुर्याउने वाचाका साथमा डोनल्ड ट्रम्प राष्ट्रपतिका रूपमा पदमा फर्कँदै गर्दा सुस्त भएको आफ्नो अर्थतन्त्रमा कसरी सुधार गर्ने र कस्ता नीतिहरू लिने भन्नेबारे चीन आफैँले सोच्ने बेला आएको छ।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया