कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न रहेको पाइएको छ । मुख्यमन्त्रीलाई नै जानकारी नदिई जापान पुगेका अधिकारीलाई जापानको अध्यागमनले असम्बन्धित मान्छे लिएर गएको पाएपछि फर्काइदिएको थियो ।
उनीसँगै जापानको टोकियो विमानस्थलबाट चार जना डिपोर्ट भएर फर्किएपछि गम्भीर विवादमा परेका अधिकारीले गत बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । एमालेका नेता समेत रहेका अधिकारीले एमालेका नेता कार्यकर्तालाई मन्त्रालयको नक्कली कर्मचारी बनाएर जापान लगेका थिए । अधिकारीको साथमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका–५ का २२ वर्षीय कञ्चन देवकोटा जापान पुगेको थिए ।
उनीहरूलाई ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’ कार्यक्रममा सहभागी गराउन एमालेकै नेता मोरङको रतुवामाई नगरपालिकाका गोपाल गौतमले व्यवस्था मिलाएका थिए । उनीसँगै फर्किएका अन्य तीन जनालाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ भने अधिकारीलाई हालसम्म पक्राउ गरिएको छैन । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अधिकारीसँगै फर्किएकाहरूको बयानका आधारमा दोलखा जिरी नगरपालिका–९ का बीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले गरेको जापान भ्रमण कानुनविपरीत भएको बताए । उनले मन्त्री पदबाट राजीनामा दिइसकेकाले कारबाही प्रक्रिया अगाडि बढाउन सहज भएको उनले जानकारी दिए । मुुख्यमन्त्री कार्कीले पूर्वमन्त्री अधिकारीसँग जापानबाट फर्केर आएपछि संवाद गरेको र उनले गल्ती स्वीकार गरेको उनले बताए । पछिल्लो समय नेकपा(एमाले)ले पनि पूर्वमन्त्री अधिकारीलाई पार्टीबाट निलम्बित गरिसकेकाले सरकारलाई पनि अधिकारीको कारबाही अगाडि बढाउन बाटो खुुला भएको दाबी गरे ।
मुख्यमन्त्री कार्कीले पूर्वमन्त्री अधिकारीले विदेश भ्रमणको निम्ता आएपछि सरकारमा विधिसम्मत प्रस्ताव लगि केन्द्रमा पठाउनुपर्नेमा नगरी सरकारको नै अपमान गरेको बताए । मुुख्यमन्त्री कार्कीले प्रहरीको अनुसन्धानअनुसार नेपालको कानुनले जे देख्छ, त्यसअनुसार कारबाहीको भागिदार निवर्तमान आन्तरिक मामिलामन्त्री हुुने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आचारसंहिता पनि आफ्नै पार्टीको मन्त्रीबाट उल्लङ्घन भएकोमा चिन्ता जनाए ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- रियलस्टेटमा बैंकहरुको ऋण लगानी दुई खर्ब ६२ अर्ब
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया