एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाका १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले अनुसन्धान थालेको हो ।
संसद्को सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलको समेत नाम आइरहेको यस उमागौरी सहकारीमा पूर्वसञ्चालक समेत रहेकी पोखरेल पत्नी अञ्जला कोइराला सहकारीको कालोसूचीमा छिन् । कोइरालाले सहकारी संकटमा परेपछि ५ माघ २०७८ मा सञ्चालकबाट राजीनामा दिएकी थिइन् ।
प्रहरी स्रोतका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान सञ्चालक समितिका सात सदस्यहरू अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
त्यस्तै, लेखा समितिका तीन सदस्यहरू लेखा समिति संयोजक विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको र फिर्ता गर्नुपर्ने बचत दुई करोड तीन लाख ५४ हजार एक सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया