ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक
काठमाडौं । ओमोडा एन्ड जेइकोले हालै आफ्नो ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली)’ नामक रणनीति सार्वजनिक गरेको छ । चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिट (प्रयोगकर्ता सम्मेलन)मा कम्पनीले सो रणनीति सार्वजनिक गरेको हो ।
२८ देशका सयभन्दा बढी मिडिया प्रतिनिधिहरू तथा ‘कि ओपिनियन लिडर’हरूको उपस्थितिमा कम्पनीले सो नयाँ ‘ब्रान्ड भिजन’ सार्वजनिक गरेको छ । नयाँ ब्रान्ड भिजनले व्यावसायिक र घरेलु वातावरणमा सर्भिस चेन (सेवा–सञ्जाल) जोड्ने ‘ह्युमन–मेसिन–लाइफ’ इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेको छ । यो इकोसिस्टम दुई अत्याधुनिक सर्भिस रोबोटहरूद्वारा सञ्चालित छ, जसमा–बायोनिक ह्युमनोइड मोर्निन र क्वाड्रपेड(चारखुट्टे) फेमिलि रोबोट अर्गोस पर्छन् ।
युजर समिटमा ओमोडा एन्ड जेइकोले आफ्नो प्रयोगकर्ता–केन्द्रित विकास दृष्टिकोणद्वारा सञ्चालित नयाँ एआई (कृत्रिम बौद्धिकतासम्बन्धी) उत्पादन तथा आविष्कारहरू प्रदर्शन गरेको छ । यसअन्तर्गत व्यावसायिक क्षेत्र र घरायसी प्रयोजनमा मानव जीवन सरल र परिष्कृत बनाउने अत्याधुनिक रोबोटहरू छन् । यी रोबोटहरू विश्वव्यापीरूपमा बदलिँदो मानव जीवनलाई ध्यानमा राखी डिजाइन गरिएको हो । यी रोबोटहरूले विकसित क्षेत्रहरूमा वयोवृद्ध जनसंख्याको स्वास्थ्य हेरचाह तथा साथको आवश्यक्तालाई सम्बोधन गर्दछन् भने विकासशील क्षेत्रहरूमा युवा जनसांख्यिकीलाई अन्तरक्रियात्मक शिक्षा तथा मनोरञ्जनात्मक पक्षहरूमा साथ दिन्छन् ।
मोर्निन र अर्गोस रोबोटहरूमा व्यापक अनुसन्धानको साथ उत्कृष्ट हार्डवेयर–सफ्टवेयर सन्तुलन सुनिश्चित गरिएको छ, जसबाट निरन्तर सन्तुलित हार्डवेयर र बौद्धिक अन्तरक्रिया सम्भव हुन्छ । यी रोबोटहरूमा ‘एडभान्स्ड ल्याङ्ग्वेज मोडल’ र ‘कन्ट्रोल एल्गोरिदम’हरू समावेश छन् । यसले गर्दा व्यावसायिक र घरेलु दुवै क्षेत्रहरूमा प्रयोग गर्दा परिष्कृत र बहुमुखी अन्तरक्रियाको अनुभव सुनिश्चित हुन्छ । व्यावसायिक प्रयोग उदाहरणका रूपमा, मोर्निन रोबोटले कार डिलरसिपमा स्मार्ट सहायकको रूपमा काम गर्न सक्छ । यस रोबोटले ग्राहकको स्वागत, प्रोडक्ट डेमो र जिज्ञासा तथा अरू कुरामा सहयोग आदि गरी एकातिर ग्राहकको उत्कृष्ट सेवा–अनुभवलाई कायम राख्छ भने अर्कोतिर डिलरको लेबर लागत घटाउन मद्दत गर्छ । यसबाहेक मोर्निन रोबोटले खुद्रा बिक्री, अतिथि सत्कारलगायत विभिन्न क्षेत्रहरूमा विषयअनुसार छुट्टाछुट्टै विशिष्ट सेवा–सुविधाहरू प्रदान गर्ने क्षमता राख्छ ।
घरायसी प्रयोजनका लागि मोर्निन रोबोटले घरको सामान्य कामधन्दा, रिमोट गाडी नियन्त्रण, मनोरञ्जन, स्वास्थ्य मनिटरिङ गर्ने तथा परिवारका वृद्ध सदस्यहरूलाई साथीको रूपमा सेवा गर्न सक्छ । त्यसैगरी अर्गोस रोबोटले बालबालिका र किशोरकिशोरीहरूका लागि खेलकुदको क्षेत्रमा सहयोग तथा भावनात्मक अन्तरक्रियाहरू गर्दै बालविकासमा सहयोग गर्ने महत्वपूर्ण साथीको रूपमा भूमिका खेल्न सक्दछ । ओमोडा एन्ड जेइकोको यो नयाँ रणनीतिले सर्भिस रोबोटलाई ‘टुल्स (उपकरण)’को रूपमा मात्र नभई विविध पारिवारिक आवश्यकताको लागि एक साथीको रूपमा परिकल्पना गर्छ ।
हालको विभिन्न आवश्यकताहरू पूरा तथा प्रोडक्टहरूबीचको सहकार्यलाई बढावा दिँदै, ब्रान्डले रोबोटिक्स प्रविधिमा नयाँ विकास तथा आविष्कार गरिरहेको जनाएको छ । यसबाट प्रविधिमा लागत अनुकूलित हुनुका साथै ‘इन्टेलिजेन्ट सर्भिस’हरूको व्यापक प्रयोगको प्रवद्र्धन हुन्छ । यस नयाँ इकोसिस्टमले सर्भिस रोबोट उद्योगको वृद्धिमा योगदान पु¥याउने र संसारभरका घरपरिवारहरूमा नवीनतम ‘इन्टेलिजेन्ट सोलुसन्स’ पु¥याउन अहम् भूमिका खेल्ने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
- पाँच दिने भक्तपुर महोत्सव हुने
- १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप नि:शुल्क
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै
- प्राधिकरणको नक्कली आम्दानीले कुलमान समस्यामा
- बहुवर्षीय ठेक्कासम्बन्धी संशोधित मापदण्डमा पुरानै मुद्दा
- पशुपति धर्मशाला विवादमा मारवाडीको दाबी झुटो साबित
- रियलस्टेटमा बैंकहरुको ऋण लगानी दुई खर्ब ६२ अर्ब
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया