विपद् व्यवस्थापनमा चेम्बर र जापानी निकायबीच सहकार्य हुने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरोलगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुनस्र्थापनाबारे सहकार्य गर्न चेम्बर र जापानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ । जोखिम पूर्वतयारी तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीयस्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । प्राकृतिक प्रकोपबाट नागरिकले कष्ठ पाइरहेको अवस्थामा जापानी संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङ्कको अभावमा पनि उद्धार राहत तथा पुनस्र्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताए । जापानी निकायसँगको प्राविधिक सहकार्यमा वास्तविक लगत संकलन गर्न सकिने उनको भनाइ थियो । चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले विपद् व्यवस्थापनमा जापानी संस्थाहरूसँग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पुर्याइने बताए । सो कार्यक्रम चेम्बरले पाँच वर्षअघि नै सुरु गर्ने तयारी गरे पनि कोभिडका कारण प्रभावित भएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए । जापानी संस्थासँगको प्राविधिक सहयोग एवं सहकार्यमा विपद् पूर्वतयारी एवं जनचेतनालाई प्रभावकारी बनाइने उनको भनाइ छ ।
अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा इकुटा एसुकेले विपद् व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यक्रममा बढीभन्दा बढी जनसहभागिता हुनुपर्नेमा जोड दिए । रेजिलेन्स रिर्सच सेन्टरमार्फत विपद् व्यवस्थापन प्रतिकार्यसम्बन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया