नेपालका लागि चिनियाँ राजदूत ‘द क्लिफ’मा
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले द क्लिफ नेपालको अवलोकन भ्रमण गरेका छन् । राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
क्लिफको अवलोकनपश्चात राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भए पनि समयका कारण सम्भव नभएको बताए । त्यसका लागि अर्को पटक क्लिफ आउने उनको भनाइ छ । राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीको भनाइ छ । भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास लम्साललगायतको सहभागिता थियो । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । यसअघि द क्लिफमा विभिन्न मन्त्री तथा सरकारका पदाधिकारीहरूले समेत अवलोकन भ्रमण गरिसकेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
- पाँच दिने भक्तपुर महोत्सव हुने
- १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप नि:शुल्क
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै
- प्राधिकरणको नक्कली आम्दानीले कुलमान समस्यामा
- बहुवर्षीय ठेक्कासम्बन्धी संशोधित मापदण्डमा पुरानै मुद्दा
- पशुपति धर्मशाला विवादमा मारवाडीको दाबी झुटो साबित
- रियलस्टेटमा बैंकहरुको ऋण लगानी दुई खर्ब ६२ अर्ब
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया