Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि

ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि


वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि उनका सबैभन्दा ठूलो समर्थक अर्बपति व्यापारी एलोन मस्कको सम्पत्ति चार दिनमा साढे २६ अर्ब डलरले बढेर दुई सय ९० अर्ब डलर पुगेको छ । टेस्लाको सेयर करिब १९ प्रतिशत बढेको छ ।

मस्कले ट्रम्पको चुनावी अभियानमा एक सय १९ मिलियन डलर खर्च गरे भने आफ्नो सोसल मिडिया प्लेटर्फर्म एक्समा ट्रम्पको समर्थनमा प्रचारप्रसार गरेका थिए । ब्लुम्बर्ग बिलियनर्स इन्डेक्सका अनुसार चुनावी नतिजापछि मस्कको कम्पनीको सेयरमा भएको वृद्धिसँगै उनको कुल सम्पत्तिमा १० प्रतिशतभन्दा धेरै वृद्धि भएकोे छ ।

अमेरिकामा दोस्रो पटक डोनाल्ड ट्रम्पको जित भएपछि टेस्लाका मालिक एलोन मस्कलाई मात्रै फाइदा भएको छैन । उनीबाहेक अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति सात दशमलव १४ अर्ब डलरले बढेर दुई सय २८ अर्ब डलर पुगेको छ । यसपछि विश्वका चौथो धनी व्यक्ति ओरेकलका सह–संस्थापक तथा सीटीओ ल्यारी एलिसनको नेटवर्थ नौ दशमलव ८८ अर्ब डलरले बढेर एक सय ९३ अर्ब डलर पुगेको छ । विश्वका नवौँ धनी व्यक्ति, लगानीकर्ता र बर्कशायर ह्याथवेका अध्यक्ष वारेन बफेटको नेटवर्थ सात अर्ब ५८ करोड डलरले बढेर एक सय ४८ अर्ब डलर पुगेको छ ।

ट्रम्पले चुनावमा विजय हासिल गरेपछि आफ्नो विजयी घाषणमा धेरै पटक एलोन मस्कको नाम लिएिका थिए । उनले मस्कलाई नयाँ स्टार हुन मात्रै भनेनन सुपर जीनियस हुन भने । उनले आफ्नो देशका प्रतिभाशाली मानिसहरुलाई जोगाउनुपर्नेमा जोड दिएका थिए । त्यसपछिका दिनमा अमेरिकी सेयरबजारमा मस्कको कम्पनीहरुको सेयरमूल्यमा व्यापक वृद्धि भइरहेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x