बाढीपहिरोपीडितलाई भनेर दिइएको रकम पेरिसडाँडामै अपचलन !
काठमाडौं ।बाढीपीडितका लागि माओवादी प्रवास संगठनहरूले गरेको आर्थिक सहयोग पेरिस डाँडामै गोलमाल भएको थाहा भएको छ । गत असोज १२ गते आएको बाढीले अभूतपूर्व क्षति पु¥याएपछि पीडितहरूलाई राहत पु¥याउन माओवादी केन्द्रका प्रवाससँग सबन्धित तीन संगठनहरूले कन्द्रीय कार्यालयमा चेकमार्फत आर्थिक सहयोग गरेका थिए । तर, त्यो सहयोग पेरिसडाँडामै गोलमाल गरिएको र पीडितहरूलाई कतै पनि नदिइएको बुझिएको छ ।
पेरिसडाँडामा एसिया प्रदेशले १५ लाख, भारत प्रदेशले आठ लाख र अन्तरमहादेशीय प्रदेशले १० लाख गरी ३३ लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।सरकारले बाढीपहिरोपीडितका नाममा सङ्कलन गरिएको एकद्वार प्रणालीबाट पीडितहरूसमक्ष वितरण गर्ने निर्णय गरेको थियो तर, पेरिसडाँडामा माओवादी केन्द्रलाई बुझाइएका ती चेक माओवादीकै नेताहरूले आफूखुसी खर्च गरेको र सरकार वा पीडित कसैलाई पनि नदिएको बुझिएको छ ।
प्रवास समितिहरूले माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल र कार्यालय सचिव सावित्री आचार्यको उपस्थितिमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।विदेशमा रगत र पसिना बगाएर काम गर्ने श्रमिकहरूले आफ्नो गाँस काटेर बाढीपहिरोपीडितका लागि पठाएको राहत सहयोग यसरी पार्टी कार्यलयमै हराउनुलाई अनौठो ठानिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया