कम आएका पर्यटक र नपुग्ने १६ लाखको लक्ष्य
काठमाडौं । अहिलेको सिजन विदेशी पर्यटकहरूका लागि नेपाल भ्रमण गर्न ‘पिक सिजन’ लागेको समय हो । त्यसो भएको भए पनि गत अक्टोबर महिनामा अपेक्षितरूपमा विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएनन् । भनाइको मतलब विगतका वर्र्षहरूमा भन्दा यो वर्षको अक्टोबर महिनामा अलिक कम विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आए । अक्टोबर महिनाको तथ्याङ्क हालै बाहिर आएअनुसार अक्टोबरमा महिनामा एक लाख २४ हजार तीन सय ९३ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् ।
त्यसो त हाम्रो देश विदेशी पर्यटकहरूले भ्रमण गर्नका लागि बाह्रै काल उत्तम मौसम वा सिजन मानिन्छ । त्यसो भए पनि अक्टोबर–नोभेम्बर महिना र मार्च–अप्रिल महिनामा अलिक धेरै विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउने गरेका छन् । अक्टोबर–नोभेम्बर महिना र मार्च–अप्रिल महिनामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरू चाहिँ धेरै जसो पदयात्रा गर्न जाने गरेका छन् । त्यसैले अहिले चलिरहेको सिजनमा नेपालका विभिन्नि पयर्टकीय गन्तव्यस्थलमा पर्यटकहरूले बास पाउन पनि मुस्किल पर्ने गर्छ ।
जे होस्, अब लागौँ यो वर्षको १० महिना अर्थात् सन् २०२४ को १० महिनामा मासिक कति विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आए होलान् ? गन्दाखेरि सन् २०२४ को जनवरी महिनामा ७९ हजार एक सय जना । त्यस्तै, फेब्रुअरी महिनामा ९४ हजार चार सय २६ जना । मार्चमा एक लाख २८ हजार एक सय ६७ जना । अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ जना । मे महिनामा ९० हजार दुई सय ११ जना । जुन महिनामा ७६ हजार सात सय ३६ जना । जुलाई महिनामा ६४ हजार पाँच सय ९९ जना । अगस्ट महिनामा ७२ हजार सात सय १९ जना ।
सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना र अक्टोबर महिनामा एक लाख २४ हजार तीन सय ९३ जना आएका छन् । यसरी हेर्दाखेरि सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार ३९ जना विश्वका विभिन्न देशका पर्यटकहरू नेपालको भ्रमण गर्न आएको देखिन्छ । हुन त अहिले नेपालमा पर्यटनको ‘पिक सिजन’ मानिन्छ । ‘पिक सिजन’को पनि मुख्य महिना मानिएको महिना अर्थात् अक्टोबर महिनामा पनि केवल एक लाख २४ हजार तीन सय ९३ जना विदेशी पर्यटकहरू मात्रै नेपाल भ्रमण गर्न आए ? यस सम्बन्धमा भन्नुपर्दाखेरि सायद गत असोज महिनाको ११ र १२ गते आएको बाढी–पहिरोलाई पनि केही हदसम्म कारकका रूपमा मान्न सकिन्छ । जुन बाढी–पहिरो आयो, त्यस्तो बाढी–पहिरो आउला भनेर कसैले पनि कल्पना नै गरेका थिएनन् । जुन बाढी–पहिरोका कारणले गर्दाखेरि पनि नेपाल भ्रमण गर्न आउन चाहने विभिन्न देशका पर्यटकहरूले तत्कालै बुकिङ गरेका थिए । त्यसरी बुकिङ रद्द गर्ने विदेशी पर्यटकहरूको संख्या लगभभग २० प्रतिशत पुगेको थियो भनी सोही बेला सहयोगी ‘अभियान’ दैनिकमा एक समाचार प्रकाशित भएको थियो ।
आर्थिक वर्ष (०८१/८२) को बजेट भाषणमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष (विसं ०८१/८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने उल्लेख गरेका थिए । नेपाल सरकारको सो लक्ष्य अब पूरा होला त ? पूरा भए कसरी होला ? शंकाको नजरले हेर्नुपर्ने हुन्छ । बजेट भाषणपछि तत्कालीन विभागीय मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष (विसं २०८१ मा) १६ लाख विदेशी पर्यटक भित्र्याउन सरकारले काम गरिरहेको बताएका थिए ।
अहिलेका विभागीय मन्त्रीज्यूले पनि यो रटान लगाउन छाड्नु भएको छैन । यसरी बजेट भाषणमै चालू आर्थिक वर्ष २०८१–८२ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको भए पनि सरकारले के–कस्तो काम गरिरहेको छ त ? के सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई सेवा थप्न लागेको छ ? भन्दाखेरि हालसम्म त्यस्तो त केही सुनिएको छैन, पढिएको छैन । मानौँ नेपाल सरकारले एकाएक कुनै त्यस्तो जादुमयी काम गर्न आँटेको छ, जुन कामका कारण तत्कालै सजिलैसँग जनदायी ढंगले १६ लाख विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आउने छन् । तर नेपाल सरकारले तुरुन्तै त्यस्तो काम गरिहाल्ने स्थिति रहेको छैन ।
हालकै अवस्थामा विदेशी पर्यटकको नेपाल आगमन दरले १६ लाख पुग्न अलि असम्भव मात्रै होइन कि सरकारले निर्धारण गरेको लक्ष्यको लगभग ६८ प्रतिशतदेखि ७०/७२ प्रतिशत सीमित रहने अवस्था देखिन्छ । किनभने १६ लाखको सो लक्ष्य पूरा गर्न अबको पाँच महिना (आर्थिक वर्ष २०८१/८२ मा १६ लाख विदेशी पर्यटक संख्या पुर्याउन) मा लाख छ लाख ६० हजार चानचुन विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउनुपर्ने हुन्छ । जुन कुरो अबको लगभग पाँच महिनामा कुनै हालतमा सम्भव हुने देखिँदैन ।
फेरि पनि भन्नु अथवा लेख्नु पर्दाखेरि अहिलेसम्म अर्थात् सन् २०२४ को वर्षको १० महिना अर्थात् सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार ३९ जना विश्वका विभिन्न देशका पर्यटकहरू नेपाल भ्रमण गर्न आएका छ । जबकि माथि नै एक प्रसंगमा भनिसकिएको छ कि अहिले नेपालमा पर्यटनको ‘पिक सिजन’ मानिन्छ । तर, ‘पिक सिजन’को पनि मुख्य महिना मानिएको महिना अर्थात् अक्टोबर महिनामा पनि केवल एक लाख २४ हजार तीन सय ९३ जना विदेशी पर्यटकहरू मात्रै नेपालको भ्रमण गरे । किन यस्तो भयो त ? यस सम्बन्धमा जवाफ दिँदा हामीले गत असोज ११ र १२ गते आएको मुसलधारे वर्षा र सो वर्षाका कारण आएको बाढी–पहिरोलाई सजिलैसँग दोष दिएर पन्छिन सक्छौँ । तर, हामीले हाम्रो कमी कमजोरीलाई पनि स्वीकार्ने हो भने त दुई–दुई वटा नयाँ अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलमा विरलै मात्र अन्तर्राष्ट्रिय हवाई उडान गर्न सक्यौँ । अझ भएन त्यतिले मात्रै नपुगेर निकट भविष्यमै काठमाडौंको एक मात्रै अन्तर्राष्ट्रियस्तरको ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’मा पनि दिनमा १० घण्टा मात्रै हवाई उडान गराउँदै छौँ ।
यसरी तथ्य–तथ्यांकहरू हेर्दाखेरि ईस्वी को २०२४ को १२ महिनामा ११ लाख ४५/५० हजारदेखि बढीमा ११ लाख ६७/७० हजारसम्म विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउने अनुमान गर्न सकिन्छ । होइन, अलिक बढी विदेशी पर्यटकहरूले सन् २०२४ मा नेपाल भ्रमण गर्न आएछन् भने पनि बढीभन्दा बढी पुग–नपुग १२ लाख पाँच/१० हजार पुग्ला । सो कुरोको संकेत प्रष्टैसँग देखिन्छ । त्यसैले माथिको तथ्याङ्क हेर्दाखेरि नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ मा १६ लाख विदेशी पर्यटक संख्या पुर्याउने जुन लक्ष्य लिएको छ, त्यो लक्ष्यचाहिँ कुनै हालतमा पनि नपुग्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- नागढुङगा सडक आजबाट एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने
- आर्थिक कूटनीतिलाई बढावा दिन महासंघको राजदूतहरूलाई आग्रह
- सिंगापुुरमा उद्योग संगठन मोरङलाई एसिया प्रशान्त क्षेत्रको अवार्ड
- भृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी
- दुई ब्रोकर एसोसिएसनबीच मर्जर सम्झौता
- हिमालयन क्यापिटलको साधारणसभा सम्पन्न
- नबिल बैंक दक्षिण एसियाको वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
- मानुषी लघुवित्तको नाफा ऋणात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया