Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहवाई भाडा नियन्त्रणको माग गर्दै प्रदर्शन

हवाई भाडा नियन्त्रणको माग गर्दै प्रदर्शन


काठमाडौं । हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको भन्दै सांसद बजगाईंको नेतृत्वमा ब्यानर र प्लेकार्टसहित प्रदर्शन गरिएको हो । महँगो हवाई भाडा दर घटाउने उपाय खोज्न ध्यानाकर्षणका लागि दबाबस्वरूप प्रदर्शन गरिएको सांसद बजगाईंले बताए । नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकामा उनले चिन्ता जनाए ।

सांसद बजगाईंले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि सांकेतिक दबाबका लागि पनि प्रदर्शन गरिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि शनिबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको मात्रै हवाई भाडा लिन र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन निर्देशन दिएको थियो । हवाई भाडा नियन्त्रणका सम्बन्धमा प्राधिकरण, अन्तर मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले पाँचबुँदे सहमति गरेको थियो । यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x