Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिडायनामिक सहकारीको साधारणसभा सम्पन्न

डायनामिक सहकारीको साधारणसभा सम्पन्न


काठमाडौं । ललितपुरस्थित डायनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार ललितपुरमा सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठले पछिल्लो समय सहकारीको बारेमा अनेक भ्रम र हल्लाका बीच डायनामिक सहकारीले आफ्नो राम्रो प्रस्तुति प्रस्तुत गरेको दाबी गरे ।

उनले संस्थामा कुनै समस्या नरहेको र सबै लगानी विधिसम्मत ढंगले सञ्चालन गरिएको भन्दै सहकारीसम्बन्धी हल्लाबाट डराउनु नपर्ने बताए । सहकारीको जग भनेको भनेकै शेयर सदस्यहरू रहेको उल्लेख गर्दै उनले सञ्चालक र सेयर सदस्यहरूबीचको आपसी विश्वास कायम रहेसम्म हल्ला र भ्रमले केही असर नगर्ने धारणा राखे ।

यस्तै, उपाध्यक्ष शिवशंकर श्रेष्ठले स्वागत मन्तव्य राख्दै सेयर सदस्यहरूबाट प्राप्त विश्वासको कदर गरेर डायनामिक सहकारीले भविष्यमा अझ ज्यादा सेवा–सुविधाका कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए । यस्तै, सचिव वीरेन्द्र शाक्यले आव २०८०÷८१ को कार्यक्रमबारे जानकारी दिएका थिए । संस्थाका कोषाध्यक्ष दिव्य बरालले आव २०८०÷८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा पाँच सय १८ जना सेयर सदस्य रहेको र संस्थाको कारोबार लगभग छ करोडको हाराहारीमा रहेको जानकारी दिए ।

अतिथिका रूपमा उपस्थित पुल्चोक टोलसुधार समितिका अध्यक्ष सुरेन्द्र काफ्लेले शुभकामना मन्तव्य दिए भने साधारणसभामा विभिन्न विधामा पुरस्कार पनि प्रदान गरिएको थियो । संस्थाका सचिव नरेन्द्र शाक्यले सञ्चालन गरेको कार्यक्रममा पाँच सयको हाराहारीमा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x