ग्लोबल आईएमई बैंकले जित्यो अन्तर बैंक फुटसलको उपाधि
काठमाडौं । ग्लोबल आईएमई बैंकले अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले बुटवलमा आयोजना गरेको प्रथम अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबी बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आईएमई बैंकले उपाधि जितेको हो ।
विजेता बनेसँगै ग्लोबल आईएमई बैंकले ५० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबी बैकले २५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ग्लोबल आईएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए थिए । ग्लोबल आईएमई बैंककै दुर्गा ओली सर्वाधिक गोलकर्ता बनेका छन् । उनले खेल अवधिभर १८ गोल गरेको बैंकले जानकारी दिएको छ । यसैगरी सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आईएमई बैंकका हुपेन्द्र चौधरी बन्न सफल भएका छन् भने ग्लोबलईआइएमई बैंकका दुर्गा ओली उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको हो । विजेता, उपविजेता खेलाडीलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाललगायतले पुरस्कार प्रदान गरेका थिए । आयोजकका अनुसार प्रतियोगितमा २९ टिमको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया