एभरेस्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्झौता
काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । अली पेको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपाल पे मर्चेन्टको क्युआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका मर्चेन्ट क्युरआरहरूमा अली पे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्वीडेन तथा इटलीलगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका क्युआर तथा यसका नेपाल पे क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अली पे नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गत ३० भन्दा बढी इसुइङ उपकरण, तीन सयभन्दा बढी एक्युरिङ नेटर्वक, नौ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरू आबद्ध रहेका छन् । अली पे नेटवर्कमा चाइना, ओसिबिसी, चेन्जिङ पे जिक्यास, अली पे एचके, हाई पे, काको पे, टोस पे, नाभिर पे, टिएनजीडी, ट्रुु मनी, माई पे, तिन्बामार्फत अन्तरदेशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले अली पेसँग इन्टरनेसनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहलअनुरूप अब एभरेस्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो । नेसनल पेमेन्ट स्वीचअन्तर्गतको नेपाल क्युआर मापदन्ड कार्यान्वयन गर्न, नेपाल पे क्युआर एक स्वतन्त्र क्युआर स्किमको रूपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपाल पे क्युआरको नेटवर्कमा आठ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध रहेका छन् ।
बैंकले आफ्ना ३९ हजार एक सय ६७ डिलिभरी च्यानलहरू, नेपालमा रहेका १० हजार शून्य ९८ शाखाहरू, नेपालबाहिर रहेका दुई वटा शाखा १३ हजार तीन सय ५० एटीएमहरू तथा १५ सय सात सय १९ बिजिनेस करेस्पोन्डेन्टहरूमार्फत आफ्ना १४ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाल पे क्युआरमा २३ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- महुली लघुवित्तको नाफा चार लाख ४९ हजार
- कन्ट्री रेटिङ ‘बीबी माइनस’, नेपालमा लगानीको जोखिम कायमै
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया