सामसङ ग्यालेक्सी ए१६ फाईभजी नेपालमा
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए१६ फाईभजी नेपालमा सार्वजनिक गरेको छ । नयाँ किफायती मिडरेन्ज नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो । गायक वाङ्देन शेर्पाले सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा ए १६ फाईभजी सार्वजनिक गरेका हुन् ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले आफ्नो सेग्मेन्टमा छ पुस्ताको ओएस अपग्रेड र छ वर्षको सुरक्षा अपडेटहरू ए१६ फाईभजीले उपलब्ध गराएको बताए । सामसाङले ग्यालेक्सी ए१६ फाईभजीलाई ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ । यसको मोटाई मात्र सात दशमलव नौ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ फाईभजीले प्रिमियम फिनिस र विशिष्ट कि आइल्यान्ड फ्रेमको साथ ग्लास्टिक ब्याक प्यानलको सुविधा दिन्छ । जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्कारूपमा उठाइएको फ्रेममा राखिएका छन् । स्थायित्वका लागि निर्मित यस स्मार्टफोनले आईपी ५४ रेटिङ पनि राख्छ । जसले दैनिक सुरक्षाको लागि भरपर्दोरूपमा धुलो र पानी प्रतिरोध प्रदान गर्छ ।
शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, पाँच एमपी अल्ट्रा–वाइड क्यामेरा र दुई एमपी म्याक्रो क्यामेराले सुसज्जित यो फोनले क्रिस्प र विस्तृत तस्बीरहरू खिच्छ । जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरूको स्तरलाई बढाउँछ । फोनमा छ दशमलव सात इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट, एवं माइक्रोएसडीमार्फत एक टिबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया