बिटकोइन पहिलो पटक ८० हजार डलर पुग्यो
लण्डन । व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काई क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ । यो डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक दिउँसो १२ बजे (१२०० जिएमटी) पछि ८० हजार डलर नाघेको छ ।
रिपब्लिकन उम्मेदवार ट्रम्पले डिजिटल मुद्राहरूमा नियमहरू सजिलो बनाउने आशाका कारण गत मंलबारको अमेरिकी राष्ट्रपति चुनाव जितेपछि यो बढ्दै गएको छ । बिटकोइनले बुधबार ७५ हजार डलर पुगेर मार्चमा हासिल गरेको ७३ हजार सात सय ९७ दशमलव ९८ डलरको पूर्वसर्वकालीन उच्च रेकर्ड तोड्यो ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँगको प्रतिस्पर्धामा ट्रम्पलाई क्रिप्टो–समर्थक उम्मेदवारका रूपमा हेरिएको थियो । आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा ट्रम्पले क्रिप्टोकरेन्सीलाई घोटाला भनेका थिए, तर त्यसपछि मौलिकरूपमा आफ्नो स्थिति परिवर्तन गरे र युनिटका लागि आफ्नै प्लेटफर्म पनि सुरू गरे ।
उनले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटकोइन र क्रिप्टोकरेन्सीेको राजधानी’ बनाउने र टेक अर्बपति तथा दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तवादी एलन मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने वाचा गरे ।
ट्रम्पको अघिल्लो कार्यकालमा कर्पोरेट कर कटौतीले बजारमा तरलता बढाउँदा क्रिप्टोकरेन्सी जस्ता उच्च–वृद्धि सम्पत्तिमा लगानी प्रोत्साहित गरेको थियो । ट्रम्पले सेप्टेम्बरमा आफ्ना छोराहरू र उद्यमीहरूसँग मिलेर वल्र्ड लिबर्टी फाइनान्सियल नामक डिजिटल मुद्रा प्लेटफर्म सुरु गर्ने घोषणा गरेका थिए । तर, यस महिनाको सुरुमा भएको बिक्री सुरुआत कमजोर रहेको थियो । बजारमा आएका टोकनहरूको एक अंशले मात्र खरिदकर्ता पाएका थिए । क्रिप्टोकरेन्सीहरूले तिनको चरम अस्थिरतादेखि लिएर केही उद्योग दिग्गजको पतनसम्म आफ्नो सिर्जनादेखि नै समाचार बनाएका छन् । यसमध्ये एफटिएक्स एक्सचेन्ज प्लेटफर्म सबैभन्दा प्रमुख थियो ।
चुनावका क्रममा न्युयोर्क सिटीको एक रेस्टुरेन्टमा बर्गर किनेर ट्रम्प बिटकोइन प्रयोग गरेर खरिद गर्ने पहिलो पूर्वराष्ट्रपति बने । यसलाई ‘ऐतिहासिक कारोबार’का रूपमा सम्मान गरियो । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया