बाइडेन र ट्रम्पबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुने
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थितरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ ।
सन् २०२० को चुनावमा हार अस्वीकार गरेका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गरेपछि राष्ट्रपति बाइडेनले व्यवस्थितरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालीन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गरेका थिएनन् ।
ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग नलिई नजिर तोडेका थिए । तर, ह्वाइट हाउसले डेमोक्र्याटिक राष्ट्रपति आगामी समारोहमा सहभागी हुने जनाएको छ । ह्वाइट हाउसका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले निर्वाचनमा पाएको बहुमतसँगै निर्धारण गरिएको बाइडेन र ट्रम्पबीच हुने भेटवार्ता ‘ओभल अफिस’मा हुनेछ ।
फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्वचिफ अफ स्टाफद्वारा ‘फाँसीवादी’ भएको आरोप खेप्नुपरेका पूर्वरियालिटी टिभी स्टारसमेत रहेका ७८ वर्षीय ट्रम्पले पहिलेको भन्दा धेरै मतान्तरले जित हासिल गरेका छन् ।
एक्जिट पोलले मतदाताको मुख्य चिन्ता कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा बढेको अर्थतन्त्र र मुद्रास्फिति रहेको देखाएको छ । आफ्नो उमेर, स्वास्थ्य र मानसिक तीक्ष्णताको चिन्ताका कारण जुलाईमा ह्वाइट हाउसको दौडबाट बाहिरिएका ८१ वर्षीय राष्ट्रपति बाइडेनले बुधबार ट्रम्पलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका थिए । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया