साउनयता छ सयभन्दा बढीमा स्क्रब टाइफस
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ सय छ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता तीन हजार दुई सय १७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये तीन सय छजना चितवनका हुन् भने तीन सयजना जिल्ला बाहिरका रहेका छन् । राससका अनुसार जिल्लामा सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका एक सय ४६ जना र सबैभन्दा कम माडी नगरपालिकाका आठजना रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ३० जना, राप्ती र कालिका नगरपालिकाका २७र२७ जना र इच्छाकामना गाउँपालिकाका २३ जना रहेका छन् । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । साउनयता आएका बिरामीमध्ये तीन हजार दुई सय ८० जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । १० हजार ५७३ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गीको संक्रमण पुष्टि भएको हो ।
जसमध्ये दुई हजार पाँच सय २० जना चितवनका रहेका छन् भने सात सय ६० जना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया