करिब एक प्रतिशत घट्यो सक्रिय जीवन बीमालेखको संख्या
काठमाडौँ।सक्रिय जीवन बीमालेखको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सक्रिय जीवन बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७३ प्रतिशत अर्थात् एक लाख एक हजार एक सय ३३ वटाले घटेको छ । गएको वर्ष पहिलो त्रैमासमा एक करोड ३८ लाख ६७ हजार पाँच सय ८१ सक्रिय बीमालेख रहेकोमा यस वर्ष पहिलो त्रैमासमा घटेर एक करोड ३७ लाख ६६ हजार चार सय ४८ मा झरेको छ ।प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा सक्रिय जीवन बीमालेखको संख्या पँँच लाख ८७ हजार सात सय २३ छ भने कुल बीमाशुल्क एक अर्ब ४० करोड ५३ लाख ९४ हजार रुपैयाँ छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय जीवन बीमालेखको संंख्या १५ लाख ८८ हजार एक सय ८८ रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ९० करोड ५० लाख ४० हजार रुपैयाँ छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि चालू आर्थिक वर्ष (आव)को असोज मसान्तसम्ममा सक्रिय जीवन बीमालेखको संख्या १६ लाख ४४ हजार दुई सय १९ रहेकोमा कुल बीमाशुल्क आर्जन ११ अर्ब ९१ करोड १४ लाख ९९ हजार रुपैयाँ छ ।
यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा सक्रिय बीमालेखको संख्या छ लाख ८७ हजार चार सय २८ रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ५७ करोड ३७ लाख १८ हजार रुपैयाँ छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय बीमालेखको संख्या सात लाख ४४ हजार तीन सय ४८ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ४४ करोड २१ लाख ४९ हजार रुपैयाँ छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९१ हजार तीन सय ८८ रहेकोमा कुल बीमाशुल्क आर्जन दुई अर्ब तीन करोड ६८ लाख ३१ हजार रुपैयाँ छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय बीमालेखको संंख्या पाँच लाख ६२ हजार दुई सय ८२ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब २१ करोड ४१ लाख ४९ हजार रुपैयाँ छ ।
यसैगरी सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीको सक्रिय बीमालेखको संख्या आठ लाख ३४ हजार ३३ रहेकोमा कुल बीमाशुल्क आर्जन ९३ करोड २७ लाख ४५ हजार रुपैयाँ छ । रिलावयल नेपाल लााइफ इन्स्योरेन्सको सक्रिय बीमालेखको संख्या २५ लाख १४ हजार एक सय ८७ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब २० करोड ८० लाख रुपैैयाँ छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख १० हजार सात सय आठवटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ७४ करोड ७४ लाख ३७ हजार रुपैयाँ छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पनि नौ लाख सात हजार ४५ वटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन दुई अर्ब ४९ करोड ९३ लाख ८६ हजार रुपैयाँ छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आठ लाख ८० हजार ४१ वटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ५७ करोड २२ लाख ३७ हजार रुपैयाँ छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको भने तीन लाख ९८ हजार नौ सय ३० वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ३१ करोड १२ लाख ३५ हजार रुपैयाँ छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक लाख ८५ हजा चार सय ७८ वटा बीमालेख सक्रिय रहंँदा कुल बीमाशुल्क आर्जन एक अर्ब २४ करोड दुई लाख ८० हजार रुपैयाँ छ ।
प्राधिकरणका अनुसार लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको दुई लाख ९९ हजार चार सय ५७ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन आठ करोड ७१ लाख ४६ हजार रुपैयाँ छ । यसैगरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको ८५ हजार आठ सय ३६ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन सात करोड ९७ लाख ५३ हजार रुपैयाँ छ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको ४५ हजार एक सय ५७ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन पाँच करोड ४४ लाख ५४ हजार रुपैयाँ छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘ऋणम् कृत्वा घृतम् पिवेत’को नीति गलत
- महुली लघुवित्तको नाफा चार लाख ४९ हजार
- कन्ट्री रेटिङ ‘बीबी माइनस’, नेपालमा लगानीको जोखिम कायमै
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया