‘उद्यमशीलता प्रवर्द्धनमा सहजीकरण गर्न सरकार तत्पर’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलता प्रवर्द्धनमा सरकार सबै किसिमका नीतिगत सहजीकरणका लागि तत्पर रहेको बताएका छन् । ‘सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेस’ र स्वशासन अध्ययन प्रतिष्ठानले संयुक्तरूपमा सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन’सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले नीतिगत सहजीकरणको लागि सरकार सधैँ उदार रहेको बताए ।
निर्जीव वस्तुलाई बढी माया गरेर धितोका रूपमा स्वीकार गरेर मात्रै कर्जा प्रवाह गर्ने नीतिमा अडिग भएर धितो राख्ने सम्पत्ति नभएका तर नवीन सोच भएका युवाहरूको सिर्जनशीलतालाई मार्ने काम गर्नु नहुने उनको भनाइ थियो । ‘सरकारले दिने भनेको नीतिगत निर्णय हो, सबै काम सरकारले गर्ने हैन, सहज ढंगमा त सबै रमाउन सक्छ, जटिलतामा पनि हामीले सम्भावनाको खोजी गर्दै सहज बनाएर लाग्नुपर्छ, बैंकर एसोसिएसन र राष्ट्र बैंकले पनि यसलाई सहजीकरण गर्नुपर्छ’, उनले भने । विसं २०७६ को नीति तथा कार्यक्रममा समावेश भएको स्टार्टअपको नीतिगत व्यवस्था र कार्यान्वयनका लागि अघिल्लो वर्ष २५ करोड रुपैयाँ बजेट रहेकामा चालू आवमा एक अर्बमा पुर्याउन सफल भएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया