Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ


काठमाडौ । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४८ वर्षीय रामशरण अधिकारी, सोही गाउँपालिका ३ का ५२ वर्षीय उत्तम पण्डित, नुवाकोटकै शिवपुरी गाउँपालिका ३ का ३६ वर्षीय पल छिरिङ शेर्पा, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका ३ का २६ वर्षीय रमेश तामाङ र मकवानपुरको बकैया गाउँपालिका १ का २१ वर्षीय सञ्जय मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०४७ प ४६ ६० नम्बर रहेको मोटरसाइकल काठमाडौंको बानियाटारबाट हराएको भनी सुमन खड्काले ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ३३ ७१ नम्बरको मोटरसाइकल काठमाडौंको टोखामा रामशरणले चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको थियो । रामशरणलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उत्तमबाट लिएको र उत्तमले पनि सोही मोटरसाइकल पल छिरिङसँग लिएको खुल्न आएपश्चात् दुवैजनालाई काठमाडौंको ठमेलबाट आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानकै क्रममा पल छिरिङलेसमेत उक्त मोटरसाइकल रमेशबाट लिएको भन्ने खुल्न आएपछि खोजी गर्दै जाँदा काठमाडौंको पानीपोखरीमा बागमती प्रदेश ०२–०४८ प ०९ ३३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा रमेश र संजयलाई पनि आइतबार नै ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका उनीहरूका साथबाट लक तोड्न प्रयोग हुने औजार समेत ट्राफिक प्रहरीले बरामद गरेको छ । रमेश र सञ्जय सवार मोटरसाइकलको वास्तविक नम्बर लुम्बिनी प्रदेश ०१–००२ प ७० ५४ रहेको खुल्न आएको थियो । सोही मोटरसाइकल काठमाडौंको बुढानीलकण्ठबाट हराएको भनी नवराज बरालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । नियन्त्रणमा आएका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x