उपकार लघुवित्तको नाफा २७ लाख
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २७ लाख ७९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ३७ लाख ५१ हजार रूपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब २२ करोड ८७ लाख ५८ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २४ करोड ३९ लाख ७५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई करोड ५९ लाख ८४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६६ लाख दुई हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब नौ करोड ६७ लाख २३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ६० लाख ४१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७५ लाख ८३ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५७ लाख ९८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया