नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) को आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा फाउन्डेसनले उक्त अवार्ड पाएको हो ।
एभरेस्ट कम्युनिटी नेटवर्क (ईसीएन) परियोजना सञ्चालन गरेर डिजिटल सेवा प्रवाहमा महत्वपूर्ण योगदान गरेबापत फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड पाएको छ । समुद्र सतहदेखि चार हजार मिटरको उचाइमा नेपाल इन्टरनेट फाउन्डेसनले इको टुरिजम प्रवर्द्धन, वातावरण संरक्षण र इन्टरनेट जडान दिन खुन्दे र खुम्जुङ गाउँमा एभरेस्ट कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।
परियोजनाले यी बस्तीहरूमा इन्टरनेट जडान गर्दै स्थानीय शेर्पा समुदायलाई डिजिटल उपकरण र स्रोतहरू उपलब्ध गराएर दुर्गम हिमाली गाउँहरू खुन्दे र खुम्जुङमा डिजिटल विभाजनलाई कम गर्न विशेष भूमिका खेलेको छ ।
गत अगस्ट १६ मा नेपालको खुम्बु क्षेत्रको थामे गाउँमा आएको विनाशकारी बाढीको समयमा एभरेस्ट कम्युनिटी नेटवर्क सञ्चार प्रक्रियामा ठूलो भूमिका खेलेको थियो । त्यसले गर्दा भरपर्दो इन्टरनेट पहुँचले कसरी जीवन बचाउन सक्छ ? समुदायको सुरक्षा गर्न सक्छ र कठिन परिस्थितिमा पनि प्रभावकारी विपद् प्रतिक्रियालाई सहज बनाउन सक्छ ? भन्ने उदाहरण देखिएको छ । परियोजनाको प्रविधिको नवीन प्रयोग, शिक्षा, स्वास्थ्य सेवा, सूचना, पर्यटन प्रवर्द्धन र शेर्पा होमस्टे, इन्टरनेट बैंकिङ र सामुदायिक संलग्नतामा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको हो ।
एसोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि दुई सयभन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया