लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा हमाल
काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो ।
नेपाली चलचित्र उद्योगमा दशकौँ लामो योगदान दिएका हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दाबाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ‘महानायक’को रूपमा पनि चिनिन्छ । ब्रान्ड एम्बेसडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भई नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन् । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि हमालले लुम्बिनी लायन्ससँगको यस सहकार्यले अत्यन्त खुसी र गर्व महसुस गराएको बताए । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्द्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी रहेको उनको भनाइ थियो ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा निकै खुसी लागेको बताए । ‘हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्ररूपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उनको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ’ उनले भने, ‘लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडि बढिरहेका छौं र सोहीअनुरूप कप्तान, कन्सल्टेन्ट कोच तथा ब्रान्ड एम्बेसेडर साइन गरेका छौँ । म आफैं पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकाले मलाई गर्वको महसुस भइरहेको छ ।’ लुम्बिनी लायन्सको यो नयाँ घोषणाले यस फ्रेन्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँ उत्साह र ऊर्जा थप्ने जनाइएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया