फुडमान्डु वानमार्टको शुभारम्भ
काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४औँ वार्षिकोत्सव मनाउँदै फुडमान्डु वानमार्ट सार्वजनिक गरेको छ । फुडमान्डु वानमार्टको सुरुवातसँगै अब फुडमान्डुले ग्राहकहरूलाई ग्रोसरीलगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फुडमान्डु एपबाट सात सयभन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् ।
हालको लागि यो सेवा गैरीधाराबाट तीन किलोमिटरको दायराभित्र पर्ने महाराजगञ्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवीजस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिट्टै नै यो सेवा काठमाडौं उपत्यकाभर विस्तार गरिने कम्पनीले जनाएको छ । फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमान्डुले ग्राहकको आवश्यकताअनुसार सेवालाई विकास गर्दै आएको बताए । ‘फुडमान्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौं’, उनले भने ।
साथै, १४ औं वार्षिकोत्सवको अवसरमा फुडमान्डुले ‘फ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्ने भएको छ । सो क्याम्पेनमा ७० प्रतिशतसम्मको छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज– फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्सजस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सबै अफरहरू फुडमान्डुको १४ वर्षको अद्भूत यात्राको उत्सव मनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार गरिएको हो ।
आगामी दिनमा पनि ग्राहकहरूको सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक–केन्द्रित अभियानहरू ल्याउँदै अघि बढ्न फुडमान्डु प्रतिबद्ध रहेको जनाइएको छ । सन् २०१० मा स्थापना भएदेखि फुडमान्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकलाई रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । अहिले फुडमान्डु काठमाडौं, पोखरा र चितवनमा पूर्णरूपमा स्थापित भइसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया