बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
काठमाडौँ।व्यक्तिगत आवास कर्जा (होम लोन) लिनेहरूको संख्या बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्ष (आव)को भदौ मसान्तसम्मको तुलनामा २८ अर्ब ४० करोड रुपैयाँले बढी हो । गत वर्ष भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासका लागि तीन खर्ब ६५ अर्ब २० करोड १० लाख रुपैयाँ ऋण उपलब्ध गराएका थिए ।
गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा तीन खर्ब १६ अर्ब दुई करोड ७० लाख रुपैयाँले बढी हो । गत वर्ष भदौसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋण ४९ खर्ब सात अर्ब १८ करोड रुपैयाँ थियो । गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई खर्ब ७४ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४३ खर्ब ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ थियो । चालू आवको भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा मात्र तीन खर्ब १७ अर्ब ९६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २४ अर्ब २८ करोड ७० लाख रुपैयाँले बढी हो । एक वर्षअघि भदौसम्म व्यक्तिगत आवास शीर्षकमा दुई खर्ब ९३ अर्ब ६७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले भने पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा कुल ६२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ८४ करोड ९० लाख रुपैयाँले बढी हो । गत वर्ष भदौ मसान्तसम्म विकास बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा मात्र कुल ५९ अर्ब ५५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालू आवको भदौ मसान्तसम्ममा कुल कर्जा रकम पाँच खर्ब तीन अर्ब ६५ करोड २० लाख रुपैयाँ रहेको विकास बैंकहरूको गत आवको सोही अवधिमा कुल कर्जा रकम चार खर्ब ७१ अर्ब ४० करोड १० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूले भने पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा कुल १३ अर्ब २३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा एक अर्ब २६ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा रकम ११ अर्ब ९७ करोड ४० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्ममा कुल कर्जा रकम एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको फाइनान्स कम्पनीहरूको गत आवको सोही अवधिमा भने यस्तो कर्जा रकम ९२ अर्ब १४ करोड १० लाख रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया