कस्मेटिक उपचारमा लाग्ने महँगो शुल्क घटाउन जलनपीडितको माग
काठमाडौँ । जलनपीडितहरूले कस्मेटिक उपचारमा लाग्ने महँगो शुल्क घटाउन आग्रह गरेका छन् । जलनपीडितहरूले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भेटी कस्मेटिक उपचारमा लाग्ने महँगो शुल्कलाई नियन्त्रण गर्न आग्रह गरेका हुन् ।
जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा उपचार गर्न नसक्नेहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै उनीहरूले मन्त्री प्रदीप पौडेललाई धन्यवाद समेत दिए । मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्ध्यवासिनी कंशकारसहितका जलनपीडितहरूले विगतमा पटक–पटक आवाज उठाउँदै आए पनि लनपीडितका पक्षमा महत्वपूर्ण निर्णय नभएको बताए । आफैँ जलनपीडित समेत रहेकी सांसद कंशाकारले भनिन्, ‘विगतमा मैले धेरै स्वास्थ्य मन्त्रीसँग भेटेर कुरा गरेँ । संसद्मा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर अहिले स्वास्थ्यमन्त्रीज्यूले हामीले लामो समयदेखि उठाएको जलनपीडितका पक्षमा निर्णय गरिदनुभयो । यहाँलाई धन्यवाद ।’
जलनपीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताए । ‘अहिलेसम्म कसैले सम्बोधन नगरेको विषयमा चाँडै नै मन्त्रीज्यूले गर्नुभएको निर्णय महत्वपूर्ण छ,’ उनले भने, ‘अब जलनका घटना नहून् भनेर सजगता अपनाउन ध्यानाकर्षण गर्दछु ।’ उनले रसायन प्रयोग गर्ने सुनचाँदीलगायतका प्रतिष्ठानका कर्मचारीको बीमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताए । तनहुँका श्याममणि आचार्यले आफू जलनको पीडामा हुँदा विगतमा पनि मन्त्री पौडेलले साथ दिएको स्मरण गर्दै अहिले भएको निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताए ।
झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महँगो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा गरिन् । मन्त्री पौडेलले आफूले नेता चन्द्र भण्डारीदेखि धेरै पीडितको समस्या देखेको भन्दै भोली कसैले आर्थिक अभावमै ज्यान गुमाउनु वा अंगभंग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तार गरिएको बताए । ‘मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु,’ उनले भने, ‘यी समस्या समाधान गर्न बजेटमा नपरे पनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा अनि नसक्नेलाई निःशुल्क बनाएका हौँ ।’ उनले अब विद्युत्का कारण हुने जलनमा विद्युत् प्राधिकरणबाट उपचार वा बीमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताए । मन्त्री पौडेलले कस्मेटिक उपचारमा महँगो शुल्क भन्ने गुनासो समाधान गर्न समेत अनुगमन र नियमन गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया