काठमाडौँ। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ०८ अङ्कले ओरालो लागेर चार सय ८३ दशमलव ६९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।
आजको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर रु सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैङ्क र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स नौ दशमलव ९९, समृद्धि फाइनान्स नौ दशमलव ९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्यमा नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त चार दशमलव ९३ प्रतिशत, एनएलजी इन्सुरेन्स चार दशमलव ०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया