(रास्वपा) ले उम्मेदवारी हस्ताक्षरको अधिकार कार्यवाहक महामन्त्रीलाई बुर्लाकोटीलाई दिने
काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ ।
यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो ।“वर्तमान अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै उक्त उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको छ”, कार्यवाहक प्रवक्ता मनिष झाले भने।
पार्टीको केन्द्रीय समितिको गत असोज १३ गते बसेको बैठकले आसन्न उपनिर्वाचनका लागि रास्वापको उम्मेदवारी दर्ताको आधिकारिकता दिने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको थियो । मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई उक्त अधिकार दिने निर्णय गरेको हो । योसँगै पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
रासस
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया