यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकपमा नेपाल छनोट भएको छ । बुधबार यूएईलाई ८ विकेट सहितको राम्रो रनरेटमा पराजित गरेपछि नेपाल मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो ।
करिब कठिन जस्तो देखिएको नेपालको बिश्वकप यात्रा नेपालले राम्रो पर्दशन गरेर सहज बनाउन सफर भयो । यूएईले दिएको ८३ रनको लक्ष्य नेपालले १४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्न सफर भयो ।
नेपालका लागि ओपनर सना प्रविनले अविजित ३५ रन बनाउदा,कप्तान पुजा महतोले २१ र साबित्री धामीले १२ रन बनाउन सफल भईन । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले राम्रो रन जोडन सकेको थिएन ।
पुरा २० ओभर ब्याटिङ गरेको यूएईले ९ विकेट गुमाएर ८३ रन मात्र बनाएको थियो । यूएईलाई कम स्कोरमा रोक्न नेपालकी कृष्ण गुरुङले ४ विकेट, रिया शर्मा र सीमा केसी समान २/२ विकेट र रचना कुमार चौधरीले १ विकेट लिएकी थिइन । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन, रिनिथा रञ्जितल २०,ओपनरद्वय इन्दुजा नन्दाकुमारले समान १०/१० रन जोडेपनि अरु कुनै पनि ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
क्याटेगोरी : खेलकुद, विश्वकप
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया