Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदभारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने

भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने


काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने भएका छन् । भारतलाई च्याम्पियन ट्रफि र एसीया कप जिताएका खेलाडी एनपिएलमा आउनुलाई ठूलो उपलब्धी मानिएको छ । विश्वकै सर्बाधिक सफल खेलाडीको रुपमा चिनिएका धवनले आईपीएल फ्रेन्चाईज लिगमा सनराईज हैदरवादलाई उपाधि दिलाएका थिए । आईपीएलमा विराट कोहली पछि सर्वाधिकर रन बनाउने खेलाडीको दोस्रो नंम्बरमा रहेका छन् । धवनले आईपीएलमा सनराइजर्स हैदरवाद मुम्बई इन्डियन्स,दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबाट आईपिएल खेलेका छन् ।

भारतका लागि तिनवटै फरम्यार्टमा उत्कृष्ट पर्दशन गरेका धवन विराट कोहली,रोहीत शर्मा सगैँका चर्चित खेलाडी मानिन्छन् । ३८ बर्षिय धवनले राष्ट्रिय टिमबाट सन्यास लिए पनि बिदेशी लिगहरु भने खेलिराखेका छन् । उनको पहिलो बिदेशी लिग लिजेन्ड प्रिमियर लिग थियो भने । एनपील उनको दोस्रो विदेशी लिग हुनेछ । गब्बर नामबाट चर्चित धवनले टेष्ट म्याचमा सर्वाधिक १९०,ओडीआईमा १४३ र टि २० मा ९२ रन बनाएका छन् । २०११ जुन ४ मा वेष्ट इन्डिजसँग टि-२० मा डेब्यू गरेका धवनले अन्तिम टि २०- २०२१ जुलाई २९ मा श्रीलङ्कासँग खेलेका थिए । एनपिएलमा आउने विदेशी खेलाडीहरु मध्येकै सबैभन्दा ठूलो नाम धवनको रहेको छ । यो भन्दा अगाडी न्यूजिल्यान्डका मार्टिन गुप्टेल,जेमी निसम जस्ता खेलाडीहरु एनपिएलका फ्रेन्चाईज टिमहरुले खरीद गरेका छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x