पाँच दिने भक्तपुर महोत्सव हुने
काठमाडौं । भक्तपुर नगरपालिकाको आयोजनामा पाँच दिने भक्तपुर महोत्सव २०८१ हुने भएको छ । आगामी मंसिर २८ गते देखि पुस २ गतेसम्म महोत्सव हुन लागेको हो ।
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने मुख्य उद्देश्यले महोत्सव गर्न लागिएको भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले जानकारी दिए । महोत्सवका अन्य उद्देश्यहरूमा यहाँका नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रवद्र्धन गरी यसलाई आर्थिक गतिविधिसँग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको छ । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी यसको व्यावसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने पनि रहेको छ ।
बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक सांस्कृतिक नाच महोत्सवका प्रमुख आर्कषण रहनेछन् । यस्तै, महोत्सवमा पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी (जीवित देवी), दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमुनालगायतको प्रदर्शन गरिनेछ । साथै, खाना महोत्सव, व्यापार मेला, दही महोत्सवलगायतका कार्यक्रम समेत समावेश गरिएका छन् ।
महोत्सवलाई व्यवस्थित गर्न नगरपालिकाले जनप्रतिनिधिहरू, जिल्लास्थित कार्यालय प्रमुखहरू, निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको सहभागितामा एक सय ६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र एक सचिवालय समिति गठन गरेको छ । महोत्सव सम्पन्न गर्न एक करोड ५० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको छ भने महोत्सव सञ्चालनको क्रममा विभिन्न गतिविधिमार्फत ६० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : कला / संस्कृति, नगरपालिका
ट्याग : #Page 8
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया