Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना

ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना


बाकु । अमेरिकी अधिकारीहरूले डोनाल्ड ट्रम्पको आगामी प्रशासनमा पनि टिकेर रहने द्विदलीय परियोजनाका रूपमा सन् २०५० सम्ममा आणविक ऊर्जालाई तीन गुणा गर्ने नयाँ योजनाहरू बुधबार घोषणा गरेका छन् ।

ह्वाइट हाउसले गत वर्ष गरेको प्रतिबद्धता पूरा गर्दै नयाँ आणविक ऊर्जा क्षमताका लागि मंगलबार ठूलो पहलको घोषणा गरेको थियो । यो कदम जो बाइडेनले छोड्दा अमेरिकाले लागू गर्न सक्ने महत्वाकांक्षी ऊर्जा सङ्क्रमण नीतिको अन्तिम अंशमध्ये एक हुनसक्छ ।

जलवायु परिवर्तनको वास्तविकतामाथि प्रश्न उठाउने र ऐतिहासिक पेरिस सम्झौताबाट वासिङ्टनलाई फिर्ता लिने वाचा गर्ने ट्रम्पको पुनर्निर्वाचनले कोप२९ जलवायु वार्तालाई तरङ्गित बनाएको छ । तर बाकुमा भएको बैठकमा अमेरिकी अधिकारीहरूले ट्रम्पले अमेरिकी जलवायु कार्य रोक्न सक्षम हुने छैनन भनेर समकक्षीहरूलाई आश्वासन दिन खोजेका छन् । साथै बाइडेनका जलवायु सल्लाहकार अली जैदीले बुधबार विशेषगरी आणविक योजनाहरू यसको उदाहरण भएको सुझाव दिए ।

‘यो त्यस्तो क्षेत्र हो जहाँ केवल द्विदलीय समर्थन मात्र देखिएको छैन… तर यो त्यस्तो क्षेत्र पनि हो जहाँ डेमोक्रेटिक र रिपब्लिकन प्रशासनहरूले एक अर्कोलाई प्रगतिलाई निरन्तररूपमा बनाएर राखेका छन्’, उनले भने, ‘यी लक्ष्यहरू साहसिक छन्, तर ती प्राप्त गर्न योग्य पनि छन् ।’

दुई अमेरिकी ऊर्जा कम्पनीले अमेरिकी इतिहासमा सबैभन्दा खराब व्यावसायिक आणविक ऊर्जा दुर्घटना भएको थ्री माइल आइल्यान्डसहित आणविक उर्जा स्टेशनहरू पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

कार्बन–मुक्त बिजुली स्रोतहरू खोजिरहेका अमेजन, माइक्रोसफ्ट र गुगललगायतका औद्योगिकी दिग्गजहरूले पनि हालै आणविक ऊर्जाका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आणविक रिएक्टरहरू निर्माण गर्न सौर्य वा पवन ऊर्जा सुविधाहरूभन्दा धेरै महँगो हुन्छन् । साथै फुकुसिमा वा चेर्नोबिलमा भएका प्रकोपजस्ता दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै आणविक ऊर्जाले कडा विरोधको सामना गर्न सक्छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x