Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु

टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु


काठमाडौं । टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट २०२४ सुरू भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबारदेखि फेस्ट सुरू भएको हो ।

फेस्टको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मोबाइलबाट पानसमा दियो बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री गुरूङले सूचना प्रविधिको क्षेत्रमा तीन लाख रोजगारी सिर्जना गर्न काम गर्ने बताए । ‘सूचना प्रविधि क्षेत्रमा तीन वर्षमा तीन लाख रोजगारी सिर्जना गर्ने काममा म लाग्छु । त्यसमा निजी क्षेत्र, शैक्षिक संस्थालगायत सबैको सहयोग चाहिन्छ,’ मन्त्री गुरूङले भने, ‘आईटीको कुनै बोर्डर छैन । कुनै राष्ट्रियता छैन् । यसमा हामी सबै मिलेर काम गरौं ।’ कार्यक्रममा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले डिजिटल इकोसिस्टम प्रवद्र्धन गर्न स्टार्टअप एन्ड आईडिया फेस्ट आयोजना गरेको जानकारी दिए । सरकारले पूर्वाधार विकास, नीतिगत सुधार र डिजिटल गभर्नेन्समा काम गर्दै यो क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने सुझाव दिए ।

यस्तै, नेपाल उद्योग परिसंघको आईटी काउन्सिलका अध्यक्ष अजित शाहले स्टार्टअपको विकासका लागि सरकारले पछिल्लो समय केही प्रयास गरेको र त्यसलाई अझै बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एन्ड आईडिया कमिटीका अध्यक्ष पंकज जलानाले डिजिटल भुक्तानीमा निःशुल्क हुनुपर्नेमा भ्याट लगाएर हतोत्साहित गर्ने काम भएको बताए । यस्तै, टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले स्टार्टअप र इन्नोभेसनमा काम गर्न चाहने विद्यार्थीलाई एक करोड बराबरको सिड फन्डिङको व्यवस्था गरेको र कलेजबाट वर्षमा कम्तीमा पनि १५ जना सीईओ उत्पादन गर्ने गरी अगाडि बढेको जानकारी दिए ।

यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव रविन्द्र ढकालले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताउँदै स्टार्टअप इकोसिस्टममा विकासका लागि मुख्यगरी रिसर्च, इन्नोभेसन, इन्क्युबेसन र प्रवद्र्धनमा काम गर्नुपर्ने बताए । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई उमेश गुप्ताले छ वटा प्रदेशमा उद्यम संवर्द्धन केन्द्र स्थापना गर्न लागेको र त्यसका लागि २०–२० लाख बजेट प्राप्त भएको बताए । यस्तै, क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले स्टार्टअप एन्ड आईडिया फेस्टजस्ता कार्यक्रमले डिजिटल इकोसिस्टमलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x