इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाडौं । इन्फोडेभलपर्स प्रालि र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच व्यावसायिक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको ‘कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक’(सीआरएस) प्रणाली साङ्ग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यससम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रालिका निर्देशक अर्बिन प्रधान र साङ्ग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गरेका छन् । काठमाडौंस्थित बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्झौता सम्पन्न भएको हो । सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेल, म्यानेजर दिलीप दवाडी तथा साङ्ग्रिला डेभलपमेन्ट बैंकका सूचना प्रविधि प्रमुख सन्तोष पंगेनीलगायतको उपस्थिति थियो ।
सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउने छ, जुन वित्तीय इन्टिग्रिटी कायम राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सफ्टवेयरको परिचालनसँगै, साङ्ग्रिला डेभलपमेन्ट बैंक आफ्नो आन्तरिक कार्यक्षमता सुधार्ने, म्यानुअल कार्य घटाउने र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउने भएको छ । दुवै संस्थाबीचको साझेदारी बारेमा प्रतिक्रिया दिँदै इन्फोडेभलपर्सका कर्पोरेट म्यानेजर पौडेलले भने, ‘हामी साङ्ग्रिला डेभलपमेन्ट बैंकसँग मिलेर काम गर्न पाउँदा खुसी छौँ । हाम्रो सीएसआर सफ्टवेयर प्रयोग गर्न सजिलो, एकीकृत, छिटो प्रोसेसिङ, उच्च गुणस्तरीय भएकाले बैंकको कार्यक्षमता प्रभावकारी र थप सहज बनाउन भूमिका खेल्ने विश्वास लिएका छौँ ।’
साङ्ग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले भने, ‘हाम्रो वित्तीय कार्यक्षमता र विश्वसनीयता सुधार्ने निरन्तर प्रयासको हिस्साको रूपमा हामीले इन्फोडेभलपर्सको सीएसआर सफ्टवेयर चयन गरेका छौँ । यसले हाम्रो हाम्रो वित्तीय रिपोर्टिङको गुणस्तरलाई सुधार्ने छ ।’
यो सफ्टवेयरको कार्यान्वयनले साङ्ग्रिला डेभलपमेन्ट बैंकका आन्तरिक कार्यहरू सुधार्ने मात्र नभई बैंकको वित्तीय व्यवस्थापन अभ्यासहरूलाई पनि सुदृढ गर्ने अपेक्षा समेत गरिएको छ । जसले बैंकलाई प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने र ग्राहक सेवामा सुधार ल्याउने दुवै पक्षको विश्वास छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया